गैँडाकोट– पूर्वी नवलपरासीमा बिहीबार २ जना मृत फेला परेका छन्। बुलिङ्गटार गाउँपालिका र गैँडाकोट नगरपालिकामा गरी २ जना मृत फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ।
प्रहरीका अनुसार बुलिङ्गटार गाउँपालिका –६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तले कुमाल मृत फेला परेको घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
यस्तै, गैँडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा नुहाउन गएका ९३ वर्षीय टङ्कनाथ कँडेल मृत फेला परेका छन्।
गैँडाकोट–१ का कँडेलको नुहाउने क्रममा नारायणीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।