• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मधुमेहका बिरामीले गुलियो मिठाइ खान मिल्छ?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ११, २०७९  ०६:१७
1140x725

काठमाडौं– ‘डाक्टर साप मैले गुलियो खानै नहुने हो?’ दशैं तिहार आउने बित्तिकै यो प्रश्न लिएर डा सुनिल पोख्रेल कहाँ पुग्ने मधुमेहका बिरामीहरु धेरै हुन्छन्। 

मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा पोख्रेलको जवाफ भने एउटै हुन्छ, ‘दशैं तिहार होस् या अन्य कुनै बेला गुलियो र चिल्लो खानै हुँदैन। समस्या झन् बढ्न सक्छ।’

मिठो र स्वादिलो खानेकुराले तिहार जस्तो चाडपर्वलाई रमाइलो बनाउँछ नै। माछा मासु, चिल्लो, गुलियो पिरो जिब्रोलाई लोभ्याउने र मन सन्तुष्ट पार्ने खानेकुराहरु हुन्। तर यस किसिमको खानेकुरा स्वास्थ्य निम्ति भने फाइदाजनक छैन। 

खानपान र जीवनशैलीले प्रत्यक्ष असर गर्ने रोगमध्ये एक हो, मधुमेह। मधुमेह रोग आफैँमा खानपानसँग सम्बन्धित रोग पनि हो। अनियन्त्रित र मात्रा मिलार नखाँदा शरीरमा चिनीको मात्रा बढ्न सक्छ। 

मधुमेहका बिरामीले कुनै पनि बेलामा गुलियो र चिल्लो खाने कुरा खान नहुने बताउँछन् डा पोख्रेल। सुगर फ्रि भएका मिठाइ कहिलेकाहीँ एक वा दुई टुक्रासम्म खान मिलेपनि सधै खान नमिल्ने उनले बताए।

‘मधुमेहका बिरामीले चिल्लो र गुलियो खाने कुरा खानै भएन। सुगर नियन्त्रणमा हुँदैन। सुगर फ्रि भएसम्म कहिलेकाहीँ खान मिल्छ। तर सधैं होइन। मधुमेहका बिरामीलाई गुलियो खाने छुट छैन,’ उनले भने।

चाडपर्वमा आफ्नो नियमित तालिका बिगार्न नहुने उनले बताए। खानपानमा ध्यान नदिँदा नियन्त्रणमा रहेको रोग पनि बढ्न सक्ने भएकाले सचेत रहन उनको आग्रह छ। खानपानसँगै चाडपर्वको बेलामा नियमित व्यायाम गर्न पनि उनको सुझाव छ। हप्ताको पाँच दिन र कम्तीमा ३० देखि ४५ मिनेटसम्म व्यायाम गर्नुपर्छ। 

त्यसो भए कसरी मिलाएर खान सकिन्छ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘सकेसम्म कम चिल्लो भएको खाने। अझ सकिन्छ भने उमालेका खानेकुराहरु खाने। एक दुई पिस मासु बढी खाइएको छ भने तरकारीको मात्रा बढाउने, कुनै कुरा बढी खाइएको छ भने दिउँसो वा साँझको खाना केही कटौती गरेर व्यालेन्स गर्ने।’

nimb
nimb
Ncell 2
Ncell 2

चिकित्सकले हरेक मधुमेहका बिरामीलाई दैनिक गरिने खानपानको एउटा चार्ट बनाएर दिने गर्छन्। सोही चार्टअनुसार मात्र मधुमेहका बिरामीले आफ्नो खानपान गर्नुपर्छ। खसीको मासु, बंगुरको मासुमा चिल्लो बढी हुने भएकाले रातो मासु (खसी, राँगा, बंगुर) भन्दा सेतो मासु (माछा, कुखुरा) त्यो पनि मात्रा मिलाएर मात्र खानुपर्छ। मधुमेहका रोगीले एकै पटक भन्दा पनि मात्रा मिलाएर थोरै थोरै गरी दिनमा चार पाँच पटक खानेकुरा खाने गर्नुपर्छ। 

शरीरमा चिनीको मात्रा धेरै र कम हुनु दुवै नै राम्रो होइन। चिनीको मात्रा नियन्त्रणमा नरहने यसले तत्कालीन र दीर्घकालीन असर गर्न सक्ने डा पोख्रेलले बताए। 

‘मुख सुक्ने, शरीरमा पानीको मात्रा कम हुने, आँखाहरु धमिलो हुने, घाउँ निको नहुनु, विभिन्न संक्रमण हुनु मधुमेहले निम्त्याउने तत्कालीन असरहरु हुन्।’ उनले भने, ‘मधुमेह नियन्त्रणमा नरहे यसले दीर्घकालमा आँखा, मुटु, मिर्गौला र अन्य अंगहरुमा असर गर्छ।’

खानपानमा ध्यान नदिँदा चाडपर्वपछि शरीरमा चिनीको मात्रा बढेर आउने बिरामीको संख्या धेरै हुने गरेको उनले बताए। शरीरमा चिनीको मात्रा सामान्य र बढी भएको मापन गर्न सकिन्छ। 

सामान्य – खाली पेट १०० एमजी/डीएल भन्दा कम, खानापछि १४० एमजी/डीएल भन्दा कम 

मधुमेह रोग लागेको अवस्था – खाली पेट १२६ एमजी/डीएल भन्दा बढी, खानापछि २०० एमजी/डीएल भन्दा बढी

मधुमेह भएका बिरामीहरुमा भने चिनीको मात्रा खाली पेट परीक्षण गर्दा १३० भन्दा कम र खानापछि १८० भन्दा कम हुनुपर्छ।

पोषणविद् बिनिता पन्त बजारमा उपलब्ध मिठाइमा प्रयोग गर्ने चिल्लो, गुलियो र रंगप्रति उत्तिकै सचेत रहनुपर्ने बताउँछिन्। उनका अनुसार एक किलो मिठाइमा ०.५ मिलिग्राम प्राकृतिक रंग राख्न सकिन्छ। तर बजारमा पाइने मिठाइमा यो मात्रा मिलाएर हालिएको हुन नसक्ने उनले बताइन्। 

बजारमा पाइने मिठाइभन्दा घरमा बनाइने मिठाइ स्वास्थ्यका हिसाबले राम्रो भएको बताउँदै उनले भनिन्, ‘दूधको कुरौनीबाट खुवा, अर्सा, अनरसा, फिनी जस्ता परिकारलाई पनि मिठाइका रुपमा प्रयोग गर्न सक्छौं।’

तर मधुमेहका बिरामीले भने गुलियो खान नहुने उनले बताइन्। नियमित परीक्षण गराइरहेका चिकित्सकसँग परामर्श गरेर मात्र खानेकुराहरु समावेश गर्न उनको सुझाव छ। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  ०६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक ३ बजे
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक ३ बजे बुधबार, चैत २५, २०८२
इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो : सतर्क र सम्पर्कमा रहनु बुधबार, चैत २५, २०८२
२० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री शाह बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त मंगलबार, चैत २४, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्