ढाका (एजेन्सी)– बंगलादेशमा क्रिकेट खेलको दौरान अम्पायरिङ गरिरहेका एक किशोरलाई छातीमा बल लागेपछि उनको निधन भएको छ।
रफियुल इस्लामलाई शनिवार अम्पायरिङ गर्ने क्रममा बलले लागेको बताइएको छ। उनको उमेर १७ वर्ष थियो। बलुर मठ मैदानमा भइरहेको क्रिकेट खेलमा उनी अम्पायरिङ गरिरहेका थिए।
बलले लागेर गम्भीर बनेका इस्लामलाई तत्कालै अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषित गरे।
स्थानीय पुलिस अधिकारी इमानुअल हकले यसको जानकारी दिँदै भने, ‘केटाहरुको समूह क्रिकेट खेलिरहेका थिए। मृतक किशोर अम्पायरिङ गरिरहेका थिए। एउटा बल उनको छातीमा लागेपछि उनी मैदानमा ढल्न पुगेका थिए।’
प्रहरीले उनको पहिचान गरिसकेका छ। र, उनी गरिव परिवारको सदस्य रहेको बताएको छ। मृतक किशोरका बुवा रिक्शाचालक हुन् भने आमा अरुको घरमा गएर काम गर्छिन्। तीन वर्ष अगाडि खेलकै दौरान बलले लागेर अस्ट्रेलियाका ब्याट्सम्यान फिलिप ह्युजको निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।