धनगढी– कैलाली क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार जगदिश चौधरीलाई समर्थन गरेको छ।
उन्मुक्तिका नेता लक्ष्मण चौधरीको उम्मेदवारी खारेज भएपछि सो पार्टीले जगदिशलाई समर्थन गर्दै प्रचार प्रसार अघि बढाएको हो।
नेता थारूले सामाजिक सञ्जाल फेसबूकमा एक सन्देश लेख्दै प्रतिनिधि सभाको निर्वाचनमा जगदिशलाई मतदान गर्न आग्रह गरेका छन्।
यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता डिल्लीराज पन्त उम्मेदवार छन्। यस्तै, नेकपा एमालेबाट नारदमुनि राना र स्वतन्त्र उम्मेद्वार पुस्करनाथ ओझा चुनावी प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।