• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

भाइ–मसला महँगियो, पसलैपिच्छे फरक मूल्यसूची

64x64
कल्पना घिमिरे मंगलबार, कात्तिक ८, २०७९  १०:०८
1140x725

काठमाडौं– यतिबेला असन बजार क्षेत्र व्यस्त छ। जहाँ तिहारका लागि सामान किन्न आउनेको लाम नै देखिन्छ। तिहार सुरु भएसँगै विभिन्न सामान किन्नेको ताँती देख्न सकिन्छ।

व्यापारीहरु ‘यता होलसेल, यता’ भन्दै कराइरहेका थिए। कोही झिलिमिलि बत्ती किन्दै थिए, त कोही भाइमसला र कोही कपडाहरु।

एक साता अघिदेखि नै तिहारको किनमेलका लागि काठमाडौंका बजारमा ग्राहकको भीड लाग्न थालेको थियो। न्यूरोड असन लगायतका क्षेत्रहरुमा तिहार लक्षित सामग्री किन्नेको भीड निकै बढेको स्थानीय व्यापारी बताउँछन्। 

‘किन्ने भन्दा हेर्न र मूल्य सोध्न आउनेको पनि भिड लागेको छ। जो आउँछन्। मूल्य सोधेर फर्किन्छन्,’ त्यहाँका एक व्यापारीले भने।

bhaai masala (5)1666671624.jpg

असन काडमाडौंको प्रमुख व्यापारिक केन्द्र हो। जहाँ फुटकरदेखि ठूला सामानहरु पाइन्छन्। चाडपर्व मात्रै होइन, अन्य समयमा पनि असनमा ग्राहकको भीड नै हुन्छ। अझ बिहान र बेलुकाको समयमा सबैभन्दा धेरै। 

हुने खानेहरु सामान महँगो होस् या सस्तो कुनै प्रवाह नगरी खरिद गरेर फर्किन्छन्। मध्यम वर्गका ग्राहक भने मोलमोलाई गर्छन्, आफ्नो क्षमताले भ्याए किन्छन्, नत्र मूल्य सोधेर फर्किन्छन्। 

तिहारका लागि भाइमसला किन्न असन आएकी एक महिला ‘धौभडेल ड्राई फ्रुट्स’ नामक एक पसलमा पुगिन्। बदाम, काजु, छगडा, ओखर, किसमिस, पेस्ता र नरिवल  एक एक पाउ मागिन्।

Ncell 2
Ncell 2

त्यस पसलका व्यापारीले छगडा सकिएको बताए। 

‘छगडा नभए अरु दिनुस,’ ती महिलाले भनिन्। 

bhaai masala (6)1666671625.jpg

उनले काजुु, बदाम, किसमिस, पेस्ता, ओखर, र नरिवल एक–एक पाउको प्याकेट ल्याएर झोलामा राखे। र बिल बनाउन थाले। 

एक पाउ काजुको रु. ३४०, बदाम रु. २६०, किसमिस  १३०, ओखर १२० पेस्ता ४४० र नरिवल रु.११० पर्याे। सबैको मूल्य जोड्दा जम्मा १४०० पुग्यो। 

‘कस्तो महँगो भनेको? झन् यहाँ सस्तो होला भनेर चावहिलदेखि आको!  पोहोरभन्दा अहिले के साह्रो महँगिएको? म त बरु लादिनँ उनले’, व्यापारीलाई गाली गर्दै उनी निस्किइन्। 

bhaai masala (4)1666671624.jpg

ती महिलाले आफ्नो नाम भने खुलाउन चाहिनन्। अर्कीे महिला बोलिन् ‘ए आन्टी त सामान नलिइ निस्किछिन त।’

‘गइन, पैसा ल्याएको थिएन रे। त्यहि भएर,’ ती व्यापारीले कुरा सुधारेर भने। फेरि दुई युवती भाइमसला किन्न आए। उनीहरुले मसलाको मूल्य सोधे। व्यापारीले मूल्य सूचीतिर देखाउँदै त्यहाँ हेर्नुस् भने। 

उनीहरुले हेरेर ‘कस्तो महँगो छोइनसक्नु जाउँ अन्तै’ भनेर निस्किए। फेरि अर्का युवक तिहारको लागि भाइमसला किन्न आए। ती युवकले तिहारको यो–यो सामान दिनुस् भनेर व्यापारीलाई लिस्ट दिए। 

त्यो लिस्टमा भएका मसलामध्ये छगडा थिएन। ती युवा झोक्किँदै ‘जुन नभइनहुने छगडा छैन भने के यहाँ किन्ने?’ भन्दै अर्को पसलतिर लागे।

धौभडेल डाईफ्रुट्सका व्यापारी सुजित धाभैडेल होलसेलमै मूल्य बढेर आएको बताउँछन्। ‘हामीले ल्याउँदा नै महँगो भएर आको छ। त्यो पनि छगडा त पाइएन पनि। यहाँ छगडा सकिएर बरबाद भयो। छगडा नहुँदा कस्टमरले अरुमात्र किन्न मान्दैनन्,’ उनले भने।

bhaai masala (3)1666671624.jpg

अर्को पसलकी व्यापारी सुमिता तुलाधरले अहिले बजारमा छगडाको अभाव रहेको बताइन्। ‘होलसेलमा छगडा पाउँदैन रे भन्छन्। हामीले अस्ति नै किनेर राखेको अलिकति बाँकी छ। त्यही बेचिराखेका छौं,’ उनले भनिन्। 

त्यस्तै अन्नपूर्ण ड्राइफ्रुट्सका व्यापारी यसपालीको तिहारका लागि आएको छगडा कुहिएर आएको बताउँछन्। ‘होलसेलबाट कुहिएको आको थियो। कुहिएको कसैले लान मान्दैन। के कुहिएको बेच्नु भनेर फिर्ता गरेँ। अहिले म पहिलाकै छगडा बेचिराछु,’ उनले भने।

धेरै जसो व्यापारीहरु भाइमसलामा काजु, पेस्ता, बदाम, किसमिस,मखना, ओखर सुपारी जस्ता धेरै ड्राईफ्रुट्सको मूल्य बढेर आएको बताउँछन्। अधिकांश ड्राईफ्रुट्स नेपालमा पाइँदैनन्।

सबैजसो ड्राईफ्रुट्समा नेपाल छिमेकी मुलुकसँग निर्भर छ। विदेशबाट आयात गरेरै बजारको माग पूरा गरिन्छ। आयात गर्दा भन्सार वृद्धिका कारण बजारमा ड्राईफ्रुट्स महँगो पर्न गएको व्यवसायीहरु बताउँछन्। 

bhaai masala (7)1666671625.jpg

थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त तुलाधरले ड्राइफ्रुट्स अघिल्ला वर्षभन्दा यसवर्ष कम आयात भएको बताए। ‘अघिल्लो वर्ष कोभिड–१९ देखि व्यापार–व्यवसाय फस्टाउन सकेको थिएन। व्यापारीहरुले पनि धेरै ल्याउन सकेका छैनन्। त्यस्तै डलर र एलसीको भाउ बढेका कारण धेरै माल झिकाको छैन। त्यसकारण माग बढेको छ,’ उनले भने ‘अघिल्लो वर्षको तुलनामा १० देखि १५ प्रतिशतसम्म मूल्य बढेको छ ।’

बजारमा फरक–फरक मूल्य छन्। ‘

असनको धौभडेल ड्राई फ्रुट्स’को मूल्य सूची यसप्रकार छ:

मसलाको प्रकार मसलाको मूल्य
नरिवल ५५०
पेस्ता २२००
छगडा ५००
काजु  १७००
बदाम   १३००
किसमिस ५०० – ६५०
ओखर  ६००
छोडाएको ओखर  १५००
सुपारी १५००
ल्वाङ  २००
सुकुमेल   ५०००
दालचिनी  ८००–१५००
मखना       १०००
मरिच  १५००
मिश्रि     २५०
खुर्पानी  १२०० 

खुद्रा व्यापार संघको मूल्यसुचीमा पसलपिच्छे फरक–फरक

असनका पसलहरुमा फरक–फरक मूल्य राखेर व्यापार भइरहेको छ। एउटै वस्तुको मूल्यमा एक सय देखि तीन सयसम्मको भिन्नतामा मूल्यसूच राखेर व्यापारीले बिक्री गरिरहेका छन्। 

जुन खुद्रा व्यापार महासंघका मूल्य सूची हुन्। खुद्रा व्यापार महासंघकै मूल्यसूचीमा पसलपिच्छे मूल्य फरक छ। त्यो पनि एक किलोमा सय रुपैयाँदेखि तीन सयसम्म। 

bhaai masala (1)1666671626.jpg

धौभडेल डाइफ्रुट्समा काजुको मूल्य प्रतिकिलो १७०० छ भने त्यही काजुको मूल्य अर्काे नाम नखुलेको पसलमा १९०० रुपैयाँ छ। त्यस्तै पेस्ताको मूल्य पनि पसलै पिच्छे फरक छ। २१०० रुपैयाँदेखि देखि २३०० रुपैयाँसम्ममा व्यापारीहरुले बिक्री गरिरहेका छन्।

किराना व्यवसायी तथा खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले केही ड्राईफ्रुट्सको मूल्य बढेको बताए। केहीको मूल्य पोहोर सरह र केहीको मूल्यमा भने सामान्य गिरावट आएको बताए।

‘गुणस्तर हेरेर कम्पनी अनुसार रेट फरक पर्न आउँछ। प्याकेजिङले पनि केही हदसम्म मूल्यमा भूमिका खेल्छ। काजु मात्रै बजारमा १५ सयदेखि दुई हजार रुपैयाँसम्म पर्छ। ड्राईफ्रुट्स सामान्य मात्रामा आयात हुने हुँदा डलरको भाउ बढेसँगै १०–१५ प्रतिशत महँगो पर्न गएको छ’, उनले भने।

bhaai masala (8)1666671626.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १०:०८
  • #तिहार
  • #भाईमसला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । बिहीबार, माघ ८, २०८२
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार, माघ ७, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्र... बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्