धनुषा– झिलीमिली बत्ती जडान गर्नेबेला करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मंगलबार बिहान बत्ती जोड्ने क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्बर–९ का १४ वर्षीय शिवराज यादव रहेका छन्।
दुवै जनालाई आफ्नै घरमा दीपावलीका लागि झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। गम्भीर घाइते मिश्र र यादवको जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।