राची– वर्षाले प्रभावित टि–२० क्रिकेटको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई डर्क वर्थ एन्ड लुइस नियमको आधारमा ९ विकेटले पराजित गरेको छ।
भारतीय बलर अस्ट्रेलियालाई १८ दशमलव ४ ओभरमा ८ विकेट झारेर १ सय १८ रनमा खुम्च्याउन सफल भए। भारतले टस जितेर ब्याटिङको निम्तो दिएको अस्ट्रेलियाले लगातार विकेट गुमाएको थियो। ८ विकेट झरिसकेपछि पानी पर्न सुरु भएको थियो।
लामो समय वर्षाले खेल प्रभावित भएपछि डक वर्थ नियम लागु भएको थियो। जसमा भारतलाई ६ ओभरमा ४८ रन बनाउनु पर्ने सुधारिएको लक्ष्य प्राप्त भयो। भारतले रोहित शर्माको विकेट गुमाएर ५ दशमलव ३ ओभरमा जित हात पार्यो।
भारतका लागि शिखर धवनले १५ र कप्तान विराट कोहलीले २२ रन बनाए।
टि–२० मा अस्ट्रेलिया विरुद्ध भारतको यो लगातार सातौ जित थियो। म्यान अफ दि म्याच चाइनाम्यान कुलदीप यादव घोषित भए। उनले २ विकेट लिएका थिए। नियमित कप्तान स्टिभन स्मिथ चोटका कारण अनुपस्थित रहेको यो खेलमा डेभिड वार्नरले कप्तानी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।