काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको वर्तमान गठबन्धन प्रकृतिक सहयात्रा रहेको बताएका छन्।
सत्ता गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दैै उनले उक्त कुरा बताएका हुन्।
एमालेसँगको गठबन्धनले जनताको बलबाट प्राप्त उपलब्धि उल्ट्याउने प्रयास भएको र त्यस्तो प्रवृत्तिलाई परास्त गर्न कांग्रेससँग गठबन्धन गरिएको प्रचण्डले दाबी गरे।
‘हामीले प्रतिगामी प्रवृत्तिलाई कमजोर मात्र पारेनौँ, पार्टीभित्र झण्डै दुई–तिहाइ बहुमतले पार्टीबाट निष्कासन गर्नेदेखि संसदीय दलबाट निष्कासन गरेका थियौँ,’ उनले भने, ‘हामीले त्यो प्रवृत्तिलाई परास्त गर्न अब फेरि हिजोका ‘नेचुरल’ सहयात्रीहरू जसमा कांग्रेस र वामपन्थी पार्टीहरू नै प्राकृतिक रहेछ भन्ने निष्कर्षमा आइपुगेपछि शेरबहादुरजीसँग पटक–पटक छलफल गरेर यो गठबन्धन बनायौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।