काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्रको कांग्रेस वडा समितिले निर्वाचन बहिष्कार गर्ने निर्णय लिएको छ। भागेश्वर गाउँपालिका वडा नं ५ कार्यसमितिले उक्त निर्णय लिएको हो।
प्रधानमन्त्रीसमेत रहेका उम्मेदवार देउवासँग राखेका विकासका माग पूरा हुने संकेत नदेखिएको भन्दै बहिष्कारको निर्णय लिइएको बताइएको छ।
निर्णयमा भनिएको छ, ‘वडाको विकासका लागि राखिएका माग पूरा हुने संकेत नेदेखिएपछि कुनै पनि उम्मेदवारलाई मत नदिइ बहिष्कार गर्ने निर्णय गरिएको छ।’ निर्णय बहुमतबाट पारित गरिएको बताइएको छ।
वडा सभापति जंगबहादुर थापामगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्ला तहका नेतासँग वार्तासमेत नगर्ने उल्लेख छ। वार्ता गर्नुपर्ने अवस्था आए प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवासँगै गर्ने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।