• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
महाकालीपारी कुतियाकबरवासी गुनासो–चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्
64x64
रासस आइतबार, कात्तिक ६, २०७९  ०७:२५
1140x725

बेदकोट– महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ। कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन्।

स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ। मत माग्न आइरहेका उम्मेदवारका पुरानै आश्वासन सुनेर स्थानीय वाक्कदिक्क भइसकेका छन्। ‘चुनाव आयो भने मात्रै नेता हामीलाई सम्झन्छन्, जितेर गएपछि फर्केर पनि हेर्दैनन्’, स्थानीय बिनु सुनारले भनिन्, ‘हामी कुन हविगतमा बसेका छौं, उनीहरू सबै बिर्सिन्छन्।’

यो गाउँ महाकाली नदी र जोगबुढा नदीले घेरेर बनेको टापुमा छ। यो भारतसँग जोडिएको सीमावर्ती नेपाली गाउँ हो। यहाँ चार सयभन्दा बढी व्यक्तिको बसोबास छ। कुतियाकबरवासीको समस्या समाधानमा जनप्रतिनिधिहरूले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ। उनीहरु बर्सेनि महाकाली र जोगबुढा नदीमा आउने बाढीको चपेटामा पर्छन्।

‘सबैभन्दा ठूलो समस्या महाकाली र जोगबुढा नदीको छ, नदीले जमिन कटान गरेर सकिसक्यो’, स्थानीय खड्के बुढाले भने, ‘बाढी आएर ज्यान जोगाउन मुस्किल पर्छ।’ 

गत कात्तिकमा आएको बाढीले सबैभन्दा बढी प्रभावित बनेको थियो, कुतियाकबर। विसं २०२८ मा तत्कालीन सरकारले बसालेको यो बस्ती महाकाली नदी कटानले बगरमा परिणत हुँदै गएको छ।

‘पहिला दुई सय बढी घरधुरी थिए, नदीले जमिन बगर बनेपछि स्थानीय यहाँबाट विस्थापित भएका छन्’, उनले भने, ‘अहिले ४० परिवारमात्रै बस्छन्।’ सीमा जोगाएर बसेका कुतियाकबरका स्थानीयले मत माग्न पुग्ने नेताहरूलाई पक्की तटबन्ध बनाएर महाकाली नदीबाट आफूहरूलाई बचाउन आग्रह गर्ने गरेका छन्।

‘महाकाली उच्चो भइसक्यो, हामी होचो भूभागमा छौं, तटबन्ध निर्माणका लागि सधैं भन्ने गरेका छौं’, स्थानीय हरेन्द्र सुनार भन्छन्, ‘नेताहरू चुनावका बेला गर्छौं त भन्छन् तर पछि गाउँमा फर्केर मुख पनि देखाउँदैनन्।’

गाउँमा बाढी आएको बेला बस्न मिल्ने ‘सेफ हाउस’ (मचान) बनाउनुपर्ने उनको माग छ। चुनावमा मात्रै सम्झिने नेताले कुतियाकबरवासीलाई ‘भोट बैंक’का रूपमा मात्रै प्रयोग गर्ने गरेको स्थानीयको बुझाइ छ।

Ncell 2
Ncell 2

‘कात्तिकको बाढीले जग्गा जमिन, लत्ताकपडा, पशुचौपाय, खाद्यान्न सबै बगायो, खेतीयोग्य जमिनमा पूरै बालुवा भरिएर खेती लगाउन नसकिने भएको छ’, स्थानीय ऐनबहादुर सुनारले भने, ‘यस्तै विपत्तिको बेलामा पनि सरकारले हाम्रो पीडा सुनेन, भोकभाकै बसिरहेको बेला केही संस्थाले खाना खुवाए।’

स्थानीयवासीलाई चुनावताका उम्मेदवारहरूले कुतियाकबरलाई ‘विकास नगर’ बनाउँछौं भनेर बाँडेको सपना अझै सम्झनामा छ। ‘कुतियाकबरलाई विकास नगर बनाउँछौं भनेका थिए, विकास गर्नु त परको कुरा पाइला पनि टेकेनन्’ उनले भने, ‘मतदान त गर्नैपर्छ, जसले पक्की तटबन्ध निर्माण गरेर कुतियाकबरलाई जोगाउँछ  भन्ने विश्वास लाग्छ उसैलाई मत दिन्छौं।’

कुतियाकबरमा सीमा, सुकुम्बासी, स्वास्थ्य, शिक्षाको पनि निकै समस्या रहेको स्थानीय बिनु सुनारले बताइन्। ‘दशगजा स्पष्ट छैन, हामीहरू वर्षौँदेखि लालपुर्जाविहीन छौं,’ उनले भनिन्, ‘बाटोघाटो छैन, स्वास्थ्य संस्था, विद्यालय नहुँदा भारततिर जानुपर्छ।’

प्रमुख समस्याका रूपमा रहेको महाकाली र जोगबुढा नदीको कटान रोक्न पक्की तटबन्ध निर्माण गरेर कुतियाकबरवासीको मत लैजान स्थानीयवासीले नेताहरूलाई भनेका छन्।

shivam cement

shivam cement

‘बर्दीबिनाका सिपाही भएर सीमाको रक्षा गरेर बसेका छौं, टापुमा बसेका हामी कुन दिन बाढीको भेलसँगै बगेर जान्छौं पत्तो छैन’, बिनु सुनारले प्रश्न गर्दै भनिन्, ‘जितेर जाने प्रतिनिधिले हाम्रो पीडा किन सुन्दैनन्?’

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
बजेट अभावमा गैँडा गणना अन्योलमा
हिमपातले अवरुद्ध नाग्म–गमगढी सडक अझै खुलेन
भूमिहीनलाई छिट्टै लालपुर्जा दिन्छौँ – मन्त्री अधिकारी
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
सुरक्षा जोखिमलाई लिएर पाकिस्तान सुपर लिग पनि स्थगित शनिबार, वैशाख २७, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
आजदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’ हुँदै शनिबार, वैशाख २७, २०८२
आजको मौसमः पहाडी क्षेत्रमा आंशिक बदली, मुख्यतया सफा रहने शनिबार, वैशाख २७, २०८२
परराष्ट्र मन्त्रालयले भन्यो, ‘पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौ’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
नेपाली सीमा क्षेत्रबाट भारतीय भूमिमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन शुक्रबार, वैशाख २६, २०८२
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्