काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका उम्मेदवार बाहेक अरुलाई मत नदिन गठबन्धन आवद्ध दलका नेता कार्यकर्तालाई आह्वान गरेका छन्।
पाँच दलीय गठबन्धनको मधेश प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दैन नेता नेपालले अहिलेको आवश्यकता र संविधान रक्षाका लागि गठबन्धन आवश्यक भएको भन्दै उत्साहपूर्वक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अनुरोध गरे।
एमाले अध्यक्ष केपी शर्मा ओलीबाट भ्रष्टाचार नियन्त्रण गर्न असम्भव भएकाले गठबन्धन निर्माण गर्न बाध्य भएको नेता नेपालले दाबी गरे। ओली नेतृत्वको सरकारले धेरै भ्रष्टाचार गरेको र संविधान मिच्ने काम मात्रै गरेकाले उनलाई परास्त गर्न गठबन्धन गर्नुपरेको उनको भनाइ थियो।
मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरेर विजयी गराउँदै सत्ता सञ्चालन नगर्ने हो भने प्रतिगमनले फेरि चलखेल गर्ने उनको दाबी थियो।
उनले गठबन्धनभित्र समस्या देखिएको तर त्यसलाई मिलाएर गठबन्धनमा उम्मेदवारलाई जिताउनुपर्नै बताए। गठबन्धनभित्र एकता कायम गरी अघि बढ्न नसकेमा फेरि प्रतिगमनकारी शक्ति आउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।