• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मतदाता रिझाउने प्रयासमा उम्मेदवार : कोही धान काट्दै, कोही पुरस्कार दिँदै 

64x64
शेरबहादुर ऐर शनिबार, कात्तिक ५, २०७९  १०:१३
1140x725
कैलाली–५ ‘ख’ का उम्मेदवार डेजी पाण्डे मतदाताको खेतमा धान काट्दै।

धनगढी– प्रदेश सभा सदस्यका लागि कैलाली–५ ‘ख’ का उम्मेदवार नेकपा एमालेका जिल्ला कमिटी सचिव डेजी पाण्डेले मोहन्याल गाउँपालिका–३ मा कृषकको धान काटेर चु्नावी प्रचार प्रसार अघि बढाए। सामाजिक सञ्जालमा धान काटेको तस्बिर राख्दै आफूले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको लेख्न भ्याए।

‘धान काटेको मात्र होइन, रोपेको पनि हो है एक किसानको छोरोले’, धान काटेको भिडिओ सार्वजनिक गर्दै पाण्डेयले भनेका छन्, ‘आफ्नो निर्वाचन क्षेत्र मात्र नभई समग्र सुदूरपश्चिममा कृषि आवश्यक छ र कृषिबाट नै यस क्षेत्रको विकास गर्न सकिन्छ। धेरैले रोजगारीको लागि आफ्नो ठाउं  छोडनु पर्ने बाध्यता पनि हट्छ। नेतृत्वले सम्पूर्ण कृषकलाई कमिसनको आधारमा नभई कामको आधारमा प्रोत्साहन गर्नु पर्दछ। उहाँहरूको उत्पादनको ग्यारेण्टी सरकारले लिनु पर्दछ।’

बझाङका उम्मेदवार एमाले नेता ऐन महरले बझाङमा जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कार भनी नगद ४१ हजार प्रदान गरे। महरको यस गतिविधिबारे निर्वाचन आयोगले शुक्रबार २४ घण्टे स्पष्टीकरण समेत मागिसकेको छ। 

पाण्डे र महर मात्र होइन, प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले मतदाता रिझाउन विभिन्न गतिविधि गरिरहेका छन्। कोही धान काट्दै किसानसँग नजिक बन्न खोजिरहेका छन्। कोही जिल्ला तथा स्थानीय तहमा आयोजित विभिन्न प्रतियोगितामा नगद सहयोग प्रदान गरेर, कोही विभिन्न वर्ग, समुदायमा आश्वासन बाँड्दै मतदातालाई रिझाउन लागिपरेका छन्।

कैलाली–५ को उर्मा क्षेत्रमा पाँच दिनअघि मात्रै उम्मेदवारका समर्थकले किसानको खेतमा धान काट्ने काममा सहयोग गरेर मतदाता रिझाउने प्रयास गरे। ‘धान भित्र्याउन किसानलाई समस्या पर्दा कार्यकर्ताबाट स्वःस्फूर्त रुपमा सहयोग भएको हो’, प्रदेश सभाका प्रत्यासी रमेश धामीले भने ‘किसानलाई समस्या पर्दा हामीहरू जहिले पनि सहयोगी बन्ने गरेका छौं।’

चुनावी प्रसारप्रचारका लागि समर्थकसहित उम्मेदवारहरू गाउँबस्तीमा पुग्न थालेपछि चुनावी रौनक पनि थपिएको छ। सबै दलका र स्वतन्त्र उम्मेदवारले वडा, टोलमा प्रचार प्रसारका लागि सम्पर्क कार्यालय खोलेर गतिविधि बढाइरहेका छन्।

नेपाली कांग्रेस कैलालीका संगठन विभाग सदस्य अमृत बिसीले भने ‘पहिलो चरणमा पार्टी पंक्तिलाई चुनावी प्रचार प्रसारका लागि क्रियाशील बनाइरहेका छौं। विस्तारै घरदैलोमा जाने योजनामा छौं।’

बलायर र महरसँग आयोगले माग्यो स्पष्टीकरण माग
यसैबीच, सुदूरपश्चिम प्रदेशका दुई उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको र आयोगमाथि लाञ्छना लगाएको भन्दै दुई जनालाई आयोगले स्पष्टीकरण सोधको हो।

Ncell 2
Ncell 2

आयोगले कैलाली–४ बाट प्रतिनिधि सभाका उम्मेदवार, कांग्रेसका बीरबहादुर बलायर र बझाङका उम्मेदवार, एमालेका ऐन महरलाई स्पष्टीकरण सोधेको छ।

बलायरले बिहीबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा आयोग र आयोगका पदाधिकारीमाथि लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै आयोगले शुक्रबार उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

‘तपाईँले आफ्नो निर्वाचन क्षेत्रमा गत बिहीबार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरूउपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनु भएको सूचना र सोलाई पुष्टि गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईँले उक्त अभिव्यक्ति दिनु भएको होइन भन्ने आधार र प्रमाण के छ?’ आयोगले बलायरलाई सोधेको छ।

उनलाई आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्पष्टीकरण पेस गर्न भनेको छ। बलायरले बिहीबारको चुनावी सभामा भनेका थिए, ‘नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको चुनावी सभालाई सम्बोधन गर्दै बोलेको सामान्य शब्दलाई लिएर निर्वाचन आयोगले पत्र काट्यो। हामीले इमान्दारीपूर्वक निर्वाचन आयोगको आचारसंहितामा हस्ताक्षर गरेका छौं। उल्लंघन गर्दैनौं र गर्न पनि दिँदैनौं। तर, केपी ओलीको इसारामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उच्छृंखल गतिविधि गर्दैछन्।’

यस्तै, महरले बझाङमा भइरहेको जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगितामा प्रथम पुरस्कार प्रदान गरेका थिए। आयोगको पत्रमा भनिएको छ, ‘तपाईंले जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कार भनी नगद ४१ हजार प्रदान गरेको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। साथै सो विषयमा आयोगमा लिखित उजुरी समेत परेको विषयमा आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ।’

निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले विर्नाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ भने (झ) मा विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १०:१३
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् । शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर... सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्ध... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
आधिकारिकता पाएसँगै कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै शनिबार, माघ ३, २०८२
एमालेले आज प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन सचिवालय बैठक बोलायो शनिबार, माघ ३, २०८२
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु शनिबार, माघ ३, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्