• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मतदाता रिझाउने प्रयासमा उम्मेदवार : कोही धान काट्दै, कोही पुरस्कार दिँदै 

64x64
शेरबहादुर ऐर शनिबार, कात्तिक ५, २०७९  १०:१३
1140x725
कैलाली–५ ‘ख’ का उम्मेदवार डेजी पाण्डे मतदाताको खेतमा धान काट्दै।

धनगढी– प्रदेश सभा सदस्यका लागि कैलाली–५ ‘ख’ का उम्मेदवार नेकपा एमालेका जिल्ला कमिटी सचिव डेजी पाण्डेले मोहन्याल गाउँपालिका–३ मा कृषकको धान काटेर चु्नावी प्रचार प्रसार अघि बढाए। सामाजिक सञ्जालमा धान काटेको तस्बिर राख्दै आफूले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको लेख्न भ्याए।

‘धान काटेको मात्र होइन, रोपेको पनि हो है एक किसानको छोरोले’, धान काटेको भिडिओ सार्वजनिक गर्दै पाण्डेयले भनेका छन्, ‘आफ्नो निर्वाचन क्षेत्र मात्र नभई समग्र सुदूरपश्चिममा कृषि आवश्यक छ र कृषिबाट नै यस क्षेत्रको विकास गर्न सकिन्छ। धेरैले रोजगारीको लागि आफ्नो ठाउं  छोडनु पर्ने बाध्यता पनि हट्छ। नेतृत्वले सम्पूर्ण कृषकलाई कमिसनको आधारमा नभई कामको आधारमा प्रोत्साहन गर्नु पर्दछ। उहाँहरूको उत्पादनको ग्यारेण्टी सरकारले लिनु पर्दछ।’

बझाङका उम्मेदवार एमाले नेता ऐन महरले बझाङमा जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कार भनी नगद ४१ हजार प्रदान गरे। महरको यस गतिविधिबारे निर्वाचन आयोगले शुक्रबार २४ घण्टे स्पष्टीकरण समेत मागिसकेको छ। 

पाण्डे र महर मात्र होइन, प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले मतदाता रिझाउन विभिन्न गतिविधि गरिरहेका छन्। कोही धान काट्दै किसानसँग नजिक बन्न खोजिरहेका छन्। कोही जिल्ला तथा स्थानीय तहमा आयोजित विभिन्न प्रतियोगितामा नगद सहयोग प्रदान गरेर, कोही विभिन्न वर्ग, समुदायमा आश्वासन बाँड्दै मतदातालाई रिझाउन लागिपरेका छन्।

कैलाली–५ को उर्मा क्षेत्रमा पाँच दिनअघि मात्रै उम्मेदवारका समर्थकले किसानको खेतमा धान काट्ने काममा सहयोग गरेर मतदाता रिझाउने प्रयास गरे। ‘धान भित्र्याउन किसानलाई समस्या पर्दा कार्यकर्ताबाट स्वःस्फूर्त रुपमा सहयोग भएको हो’, प्रदेश सभाका प्रत्यासी रमेश धामीले भने ‘किसानलाई समस्या पर्दा हामीहरू जहिले पनि सहयोगी बन्ने गरेका छौं।’

चुनावी प्रसारप्रचारका लागि समर्थकसहित उम्मेदवारहरू गाउँबस्तीमा पुग्न थालेपछि चुनावी रौनक पनि थपिएको छ। सबै दलका र स्वतन्त्र उम्मेदवारले वडा, टोलमा प्रचार प्रसारका लागि सम्पर्क कार्यालय खोलेर गतिविधि बढाइरहेका छन्।

नेपाली कांग्रेस कैलालीका संगठन विभाग सदस्य अमृत बिसीले भने ‘पहिलो चरणमा पार्टी पंक्तिलाई चुनावी प्रचार प्रसारका लागि क्रियाशील बनाइरहेका छौं। विस्तारै घरदैलोमा जाने योजनामा छौं।’

बलायर र महरसँग आयोगले माग्यो स्पष्टीकरण माग
यसैबीच, सुदूरपश्चिम प्रदेशका दुई उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको र आयोगमाथि लाञ्छना लगाएको भन्दै दुई जनालाई आयोगले स्पष्टीकरण सोधको हो।

nimb
nimb
Ncell 2
Ncell 2

आयोगले कैलाली–४ बाट प्रतिनिधि सभाका उम्मेदवार, कांग्रेसका बीरबहादुर बलायर र बझाङका उम्मेदवार, एमालेका ऐन महरलाई स्पष्टीकरण सोधेको छ।

बलायरले बिहीबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा आयोग र आयोगका पदाधिकारीमाथि लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै आयोगले शुक्रबार उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

‘तपाईँले आफ्नो निर्वाचन क्षेत्रमा गत बिहीबार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरूउपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनु भएको सूचना र सोलाई पुष्टि गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईँले उक्त अभिव्यक्ति दिनु भएको होइन भन्ने आधार र प्रमाण के छ?’ आयोगले बलायरलाई सोधेको छ।

उनलाई आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्पष्टीकरण पेस गर्न भनेको छ। बलायरले बिहीबारको चुनावी सभामा भनेका थिए, ‘नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको चुनावी सभालाई सम्बोधन गर्दै बोलेको सामान्य शब्दलाई लिएर निर्वाचन आयोगले पत्र काट्यो। हामीले इमान्दारीपूर्वक निर्वाचन आयोगको आचारसंहितामा हस्ताक्षर गरेका छौं। उल्लंघन गर्दैनौं र गर्न पनि दिँदैनौं। तर, केपी ओलीको इसारामा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उच्छृंखल गतिविधि गर्दैछन्।’

यस्तै, महरले बझाङमा भइरहेको जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगितामा प्रथम पुरस्कार प्रदान गरेका थिए। आयोगको पत्रमा भनिएको छ, ‘तपाईंले जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कार भनी नगद ४१ हजार प्रदान गरेको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। साथै सो विषयमा आयोगमा लिखित उजुरी समेत परेको विषयमा आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ।’

निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले विर्नाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ भने (झ) मा विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १०:१३
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना आइतबार, साउन ३१, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, साउन ३१, २०८३
एभरेस्ट वुमन्स भलिबल लिग असोजमा आइतबार, साउन ३१, २०८३
अपडेट : पहिरो पन्छाएसँगै खुल्यो पृथ्वीराजमार्ग आइतबार, साउन ३१, २०८३
भारतीय सेनाध्यक्ष काठमाडौँ आउँदै, तर प्रधानमन्त्रीसँग अहिलेसम्म तय छैन भेट ! आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
दिनभर दुर्गा प्रसाईंको घरमा प्रहरी, पक्राउ नगरी फिर्ता शनिबार, साउन ३०, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्