गुल्मी – गुल्मीमा श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी ४२ वर्षका सूर्यबहादुर कुमालको कुटपिटबाट ४० वर्षकी तालकुमारी कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए ।
कात्तिक १ गते श्रीमानकाे कुटपिटबाट घाइते तालकुमारीको स्थानीय लुम्बिनी वामी हस्पिटल वामीटक्सार, गुल्मीमा उपचार भइरहेको थियो । उनको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमान् र श्रीमतीले मदिरा सेवन गरेर घरायसी झगडा गर्ने गरेको र सोही क्रममा कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएको सूचना प्राप्त हुनासाथ प्रहरी अधिकृत समेतको टोली खटिगइ घटनामा संलग्न सूर्यबहादुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।