काभ्रे- खानीखोला र महाभारत गाउँपालिका काभ्रे जिल्लाव्यापी अन्तरपालिका भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
पनौती नगरपालिका- २, धाराचौर खेल मैदानमा सञ्चालन भइरहेको खेलमा शुक्रबार खानीखोलाले पनौती नगरपालिका र महाभारतले बेथानचोक गाउँपालिकालाई पराजित गरे।
'बेस्ट अफ फाइभ' प्रणालीमा खेलाइएको सेमिफाइनलको पहिलो खेलमा खानीखोलाले पनौती नगरपालिकालाई २५-२२, २५-१९ र २५-२३ को सोझो सेटमा पराजित गरी फाइनलको यात्रा पक्का गरेको थियो।

यसैगरी, सेमिफाइनलको दोस्रो खेल भने निकै प्रतिस्पर्धात्मक रह्यो। दुवै टोलीले दुई-दुई सेट जितेपछि पाँचौ सेटमा महाभारत जित निकाल्न सफल भएको थियो। खेल महाभारतले २१-२५, २६-२४, २५-१६, २२-२५ र १५-९ ले जितेको थियो।
सेमिफाइनलमा खेलमा खानीखोलाका खेलाडी मनराज आले मगर र महाभारतका खेलाडी बेनबहादुर मगरलाई 'म्यान अफ द म्याच' घोषित गरियो।
फाइनल खेल खानीखोला र महाभारतबीच शनिबार दिउँसो १ बजे हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।