• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
बाँके–२

‘मतदाताले धवल शमशेर विकासप्रेमी नेता हो भनेर बुझेका छन्’

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ६, २०७९  १६:२७
1140x725

धवल शमशेर राणा राप्रपाका महामन्त्री हुन्। नेपालगञ्ज उपमहानगरपालिका मेयर भइसकेका उनी यसपटक प्रतिनिधि सभा सदस्यका लागि बाँके–२ बाट उम्मेदवार छन्। राणालाई नेकपा एमालेले सर्मथन गरेको छ। स्थानीय तहको मतभार हेर्दा नेपाली कांग्रेस बलियो देखिए पनि राणा आफूलाई स्थानीयस्तरमा परिचित र लोकप्रिय उम्मेदवारको रुपमा प्रस्तुत गर्छन्। उक्त क्षेत्रमा जनता समाजवादीबाट निर्वतमानमन्त्री मोहम्मद ईश्तियाक राई उम्मेवार छन्। २०७४ सालको निर्वाचनमा उनी विजयी भएका थिए। नेपाली कांग्रेसले सुदीपनरसिंह राणालाई उम्मेदवार बनाएको छ भने लोसपावाट अब्दुल हन्नान जसगढ उम्मेवार छन्।

कांग्रेसको बाहूल्य रहेको क्षेत्रमा राणाको जित्ने रणनीतिक के हो? कांग्रेसलाई माओवादी र एकीकृत समाजवादी साथ दिइरहँदा राणाले पासा पल्टाउलान्? यिनै विषयमा राणासँग नेपाल लाइभले गरेको संवाद :

बाँके–२ का जनताले तपाईंलाई किन मतदान गर्ने? 
म यस क्षेत्रको विगतमा २ पटक स्थानीय तहको जनप्रतिनिधि भएको व्यक्ति हुँ। म यस क्षेत्रको सबै कुरा बुझेको र समस्या जानेको मानिस हुँ। विगतमा मैले नगरपालिकाको नेतृत्वमा रहेर विकास गरेँ। अब केन्द्रीय तहमा विकासको कुरा उठाउने भूमिका निर्वाह गर्नुपर्ने सोचका साथ प्रतिनिधि सभामा उम्मेदवारी दिएको हुँ। दुई पटक नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदा मैले धेरै विकासका काम गरेको छु। म यो क्षेत्रको लोकप्रिय उम्मेदवार पनि हुँ। सबै मतदाताको घर घरमा पुगेको र उनीहरुको समस्या सुनेका कारण मलाई मतदाताले मतदान गर्ने छन्। एक शब्दमा भन्नुभन्दा नगरपालिका बनायो अब देश बनाउने अजेण्डा नै मेरो हो। 

बाँके–२ मा तपाईंसँगै अन्य उम्मेदवार पनि चुनावी मैदानमा रहेका छन्। उनीहरुले पनि यस्तै दाबी गर्ने गरेका छन्। ती उम्मेदवारभन्दा तपाईं कसरी फरक?
मलाई के विश्वास छ भने यहाँका मतदातासँग म परिचित छु। उहाँहरुलाई मेरो स्वभाव र विकासवादी बानी मन परेको छ। यहाँका मतदाताहरुले धवल शमशेर राणा विकासप्रेमी नेता हो भनेर बुझेका छन्। उनीहरुले यसअघि गरेको विकास पनि देखेका छन्। अरु उम्मेदवारहरुलाई पनि बाँके–२ का मतदाताले चिनेका छन्। कसको आधार र काम गर्ने तरिका के हो भनेर मतदाताले चिनेका कारण पनि सही निर्णय लिन्छन् भन्ने मेरो विश्वास छ। 

हिजो गरेका काममा तपाईंले धेरै जोड दिनुभयो। नगरप्रमुख हुँदा गरेका कामकै आधारमा किन प्रतिनिधि सभामा भोट दिने? प्रतिनिधि सभा भनेको नीति बनाउने थलो हो। नगरको कामको ‘क्रेडिट’ले मात्र जिताउनु आवश्यक हुन्छ? 
मैले भन्न खोजेको म नगरको नेतृत्वमा हुँदा पनि जनताकै सेवामा थिएँ भन्ने हो। नगरबाट विकासको काम गरियो अब देशकै विकास हुने र हितमा हुने नीति र कानुन बनाउन मेरो आवश्यकता भएकाले मलाई मत दिनुपर्छ भन्ने मेरो तर्क हो। मैले नगरमा हुँदा भ्रष्टाचार भन्दा सुशासनलाई जोड दिएँ। जनताको कामलाई महत्व र समय दिए। अब प्रतिनिधि सभाबाट जनतालाई नै केन्द्रमा राखेर काम गर्छु। यी सबै गर्नका लागि मलाई नै मतदाताले जिताउनु आवश्यक छ। 

Ncell 2
Ncell 2

मतदानाबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ? 
अहिले म मतदातासमक्ष जाँदा सबै सकारात्मक रहेको पाएको छु। तपाईं हामीलाई आवश्यक मानिस हो भनेर भन्नु भएको छ। सबैले मलाई हौसला र साथ दिने वचन दिनु भएको छ। विभिन्न खालका मानिसहरुको आ–आफ्नै सुझाव छन्। विकास र सुशासन सबैको साझा चाहना छ। 

नेपालगञ्ज हिन्दू र मुसलमानहरुको बाहुल्यता रहेको क्षेत्र हो। त्यहाँको सद्भाव र मतदातालाई रिझाएर मत पाउने तपाईंका कार्यक्रम के हुन्?
तपाईंले भनेजस्तै यो क्षेत्रमा अहिले राम्रो सद्भाव रहेको छ। म नगरको नेतृत्वमा रहँदा पनि त्यसलाई कायम गर्न धेरै मेहनत गरेको थिएँ। यहाँ सबैलाई मिलाएर लैजाने काम गर्दै आएको छु। ठूलो कुरा छैन। 

राप्रपा गणतन्त्रप्रति र संघीयताप्रति अनुदार नीति लिएको पार्टी हो। राजा र हिन्दू धर्म भन्दै आउनु भएको छ। अहिले देश संघीयतामा छ। जनताले मत देलान्?
मैले त्यस्तो पाएको छैन। मतदाताको राप्रपाप्रति आर्कषण नै भएको पाएको छु। राप्रपाको अजेण्डा मन पराउनु भएको छ। संविधानमा फरक विचार राख्न पाइने भनेको छ। हामीले पनि फरक विचार मात्र राखेका हौं। हामी राजा र हिन्दु राज्य आवश्यक छ भन्ने पक्षधर हौं। यसमा हामीलाई गर्व छ। हामीले मतदातालाई यही कुरा भनेका छौं। 

तपाईंको मुख्य प्रतिस्पर्धी को हो जस्तो लाग्छ?
निर्वाचनको मैदानमा आएपछि उम्मेदवार सबै प्रतिस्पर्धी हुन्। बाँके–२ मा हेर्दा नेपाली कांग्रेस र जसपाका बीचमा मुख्य प्रतिस्पर्धा  हो। नेपाली कांग्रेसको पनि यो क्षेत्रमा राम्रै मत रहेको छ। त्यस्तै, जसपा यसअघिको विजेता हो। तर, यसपटक नेकपा एमालेले पनि हामीलाई सहयोग गरेका कारण म बलियो दाबेदार हो।  

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १६:२७
  • #चुनाव_२०७९
  • #बाँके–२
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
विशेष महाधिवेशनका नाममा गरिने विधान विपरीतका गतिविधिमा संलग्न नहुन कांग्रेस संस्थापनको निर्देशन
गगन थापाले भने– बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ
सम्बन्धित सामग्री
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन... बुधबार, पुस २३, २०८२
यी हुन् निर्वाचन आयोगमा बन्दसूची बुझाउन राजनीतिक दल आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्द सूची पेस भएको हो । मंगलबार, पुस १५, २०८२
९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची जनप्रिय लोकतान्त्रिक पार्टी-१२, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल)-२०, गतिशील लोकतान्त्रिक पार्टी-११ सोमबार, पुस १४, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनका नाममा गरिने विधान विपरीतका गतिविधिमा संलग्न नहुन कांग्रेस संस्थापनको निर्देशन बुधबार, पुस २३, २०८२
गगन थापाले भने– बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ बुधबार, पुस २३, २०८२
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
कांग्रेसको विशेष महाधिवेशन आह्वान बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
यी हुन् एमालेका ८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्