• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
बाँके–२

‘मतदाताले धवल शमशेर विकासप्रेमी नेता हो भनेर बुझेका छन्’

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ६, २०७९  १६:२७
1140x725

धवल शमशेर राणा राप्रपाका महामन्त्री हुन्। नेपालगञ्ज उपमहानगरपालिका मेयर भइसकेका उनी यसपटक प्रतिनिधि सभा सदस्यका लागि बाँके–२ बाट उम्मेदवार छन्। राणालाई नेकपा एमालेले सर्मथन गरेको छ। स्थानीय तहको मतभार हेर्दा नेपाली कांग्रेस बलियो देखिए पनि राणा आफूलाई स्थानीयस्तरमा परिचित र लोकप्रिय उम्मेदवारको रुपमा प्रस्तुत गर्छन्। उक्त क्षेत्रमा जनता समाजवादीबाट निर्वतमानमन्त्री मोहम्मद ईश्तियाक राई उम्मेवार छन्। २०७४ सालको निर्वाचनमा उनी विजयी भएका थिए। नेपाली कांग्रेसले सुदीपनरसिंह राणालाई उम्मेदवार बनाएको छ भने लोसपावाट अब्दुल हन्नान जसगढ उम्मेवार छन्।

कांग्रेसको बाहूल्य रहेको क्षेत्रमा राणाको जित्ने रणनीतिक के हो? कांग्रेसलाई माओवादी र एकीकृत समाजवादी साथ दिइरहँदा राणाले पासा पल्टाउलान्? यिनै विषयमा राणासँग नेपाल लाइभले गरेको संवाद :

बाँके–२ का जनताले तपाईंलाई किन मतदान गर्ने? 
म यस क्षेत्रको विगतमा २ पटक स्थानीय तहको जनप्रतिनिधि भएको व्यक्ति हुँ। म यस क्षेत्रको सबै कुरा बुझेको र समस्या जानेको मानिस हुँ। विगतमा मैले नगरपालिकाको नेतृत्वमा रहेर विकास गरेँ। अब केन्द्रीय तहमा विकासको कुरा उठाउने भूमिका निर्वाह गर्नुपर्ने सोचका साथ प्रतिनिधि सभामा उम्मेदवारी दिएको हुँ। दुई पटक नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदा मैले धेरै विकासका काम गरेको छु। म यो क्षेत्रको लोकप्रिय उम्मेदवार पनि हुँ। सबै मतदाताको घर घरमा पुगेको र उनीहरुको समस्या सुनेका कारण मलाई मतदाताले मतदान गर्ने छन्। एक शब्दमा भन्नुभन्दा नगरपालिका बनायो अब देश बनाउने अजेण्डा नै मेरो हो। 

बाँके–२ मा तपाईंसँगै अन्य उम्मेदवार पनि चुनावी मैदानमा रहेका छन्। उनीहरुले पनि यस्तै दाबी गर्ने गरेका छन्। ती उम्मेदवारभन्दा तपाईं कसरी फरक?
मलाई के विश्वास छ भने यहाँका मतदातासँग म परिचित छु। उहाँहरुलाई मेरो स्वभाव र विकासवादी बानी मन परेको छ। यहाँका मतदाताहरुले धवल शमशेर राणा विकासप्रेमी नेता हो भनेर बुझेका छन्। उनीहरुले यसअघि गरेको विकास पनि देखेका छन्। अरु उम्मेदवारहरुलाई पनि बाँके–२ का मतदाताले चिनेका छन्। कसको आधार र काम गर्ने तरिका के हो भनेर मतदाताले चिनेका कारण पनि सही निर्णय लिन्छन् भन्ने मेरो विश्वास छ। 

हिजो गरेका काममा तपाईंले धेरै जोड दिनुभयो। नगरप्रमुख हुँदा गरेका कामकै आधारमा किन प्रतिनिधि सभामा भोट दिने? प्रतिनिधि सभा भनेको नीति बनाउने थलो हो। नगरको कामको ‘क्रेडिट’ले मात्र जिताउनु आवश्यक हुन्छ? 
मैले भन्न खोजेको म नगरको नेतृत्वमा हुँदा पनि जनताकै सेवामा थिएँ भन्ने हो। नगरबाट विकासको काम गरियो अब देशकै विकास हुने र हितमा हुने नीति र कानुन बनाउन मेरो आवश्यकता भएकाले मलाई मत दिनुपर्छ भन्ने मेरो तर्क हो। मैले नगरमा हुँदा भ्रष्टाचार भन्दा सुशासनलाई जोड दिएँ। जनताको कामलाई महत्व र समय दिए। अब प्रतिनिधि सभाबाट जनतालाई नै केन्द्रमा राखेर काम गर्छु। यी सबै गर्नका लागि मलाई नै मतदाताले जिताउनु आवश्यक छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मतदानाबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ? 
अहिले म मतदातासमक्ष जाँदा सबै सकारात्मक रहेको पाएको छु। तपाईं हामीलाई आवश्यक मानिस हो भनेर भन्नु भएको छ। सबैले मलाई हौसला र साथ दिने वचन दिनु भएको छ। विभिन्न खालका मानिसहरुको आ–आफ्नै सुझाव छन्। विकास र सुशासन सबैको साझा चाहना छ। 

नेपालगञ्ज हिन्दू र मुसलमानहरुको बाहुल्यता रहेको क्षेत्र हो। त्यहाँको सद्भाव र मतदातालाई रिझाएर मत पाउने तपाईंका कार्यक्रम के हुन्?
तपाईंले भनेजस्तै यो क्षेत्रमा अहिले राम्रो सद्भाव रहेको छ। म नगरको नेतृत्वमा रहँदा पनि त्यसलाई कायम गर्न धेरै मेहनत गरेको थिएँ। यहाँ सबैलाई मिलाएर लैजाने काम गर्दै आएको छु। ठूलो कुरा छैन। 

राप्रपा गणतन्त्रप्रति र संघीयताप्रति अनुदार नीति लिएको पार्टी हो। राजा र हिन्दू धर्म भन्दै आउनु भएको छ। अहिले देश संघीयतामा छ। जनताले मत देलान्?
मैले त्यस्तो पाएको छैन। मतदाताको राप्रपाप्रति आर्कषण नै भएको पाएको छु। राप्रपाको अजेण्डा मन पराउनु भएको छ। संविधानमा फरक विचार राख्न पाइने भनेको छ। हामीले पनि फरक विचार मात्र राखेका हौं। हामी राजा र हिन्दु राज्य आवश्यक छ भन्ने पक्षधर हौं। यसमा हामीलाई गर्व छ। हामीले मतदातालाई यही कुरा भनेका छौं। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तपाईंको मुख्य प्रतिस्पर्धी को हो जस्तो लाग्छ?
निर्वाचनको मैदानमा आएपछि उम्मेदवार सबै प्रतिस्पर्धी हुन्। बाँके–२ मा हेर्दा नेपाली कांग्रेस र जसपाका बीचमा मुख्य प्रतिस्पर्धा  हो। नेपाली कांग्रेसको पनि यो क्षेत्रमा राम्रै मत रहेको छ। त्यस्तै, जसपा यसअघिको विजेता हो। तर, यसपटक नेकपा एमालेले पनि हामीलाई सहयोग गरेका कारण म बलियो दाबेदार हो।  

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १६:२७
  • #चुनाव_२०७९
  • #बाँके–२
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्