• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
बाँके–२

‘बाँके–२ को विकासका लागि मैले फेरि जित्नु आवश्यक छ’

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ६, २०७९  १६:२७
1140x725

मोहम्मद ईश्तियाक राई निर्वतमान सांसद एवं निर्वतमानमन्त्री हुन्। बाँके–२ बाट २०७४ सालमा उनी निर्वाचित भएका थिए। तत्कालीन समयमा आफूविरुद्ध एमाले–माओवादीको वाम गठबन्धन र नेपाली कांग्रेस–राप्रपाको गठबन्धन हुँदा पनि उनी विजयी भएका थिए। उनी दोस्रोपटक उक्त क्षेत्रबाट जित हात पार्दै सांसद हुने दाउमा रहेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका मेयर भइसकेका राप्रपा महामन्त्री धवल शमशेर राणा चुनावी मैदानमा छन्। राणालाई नेकपा एमालेले सर्मथन गरेको छ। स्थानीय तहको मतभार हेर्दा नेपाली कांग्रेस बलियो देखिए पनि जसपाका राई  ‘लोकप्रिय’ छन्। २०७४ सालको निर्वाचनमा उनी विजयी भएकाले निरन्तरता दिने रणनीतिमा चुनावी मैदानमा छन्। नेपाली कांग्रेसले सुदीपनरसिंह राणालाई उम्मेदवार बनाएको छ भने लाोसपाबाट अब्दुल हन्नान जसगढ उम्मेवार छन्। यस्तो अवस्थामा जित निकाल्ने राईको रणनीतिक के छ? उनले आफ्नो समीक्षा कसरी गरिरहेका छन्? यही सेरोफेरोमा रहेर नेपाल लाइभले उनीसँग गरेको कुराकानी :

बाँके–२ बाट फेरि पनि तपाईंको उम्मेदवारी किन? 
अघिल्लोपटक मैले यो क्षेत्रबाट जित हात पारेको थिएँ। यसपटक पनि चुनावी मैदानमा छु। यो यहाँका जनताको आवश्यकता पनि हो। यहाँको विकासका लागि मैले थालेका केही अधुरा योजनाहरु पूरा गर्नका लागि म फेरि चुनावी मैदानमा उत्रेको हुँ। बाँके–२ का जनताले अघिल्लोपटक जसरी विश्वास गरेर मलाई प्रतिनिधि सभाको सांसदको रुपमा पठाउनुभयो, योपटक पनि पठाउनु हुन्छ भन्ने मेरो विश्वास छ। म नै किन उम्मेदवार भनि तपाईंले प्रश्न गर्नु भयो, यो क्षेत्रको भूगोलदेखि यहाँका जनतासम्म बुझेको मानिस भएकाले मेरो उम्मेदवारी हो।

यो पटक उम्मेदवार भइरहँदा तपाईंका अजेन्डाहरु के–के हुन्?
मेरो अजेन्डा भनेको यो क्षेत्रको विकास र समग्र देशका लागि असल नीति र कानुन बनाउने हो। विगतमा मैले सांसदको रुपमा समितिको सदस्यको रुपमा र मन्त्रीको रुपमा पनि केही भूमिका खेलेको छु। म बाँके–२ बाट निर्वाचित सांसद भएपनि समग्र देशलाई केन्द्रमा राखेर नीति बनाउने सांसद हुँ। मेरो पहिलो प्राथमिकता देश हुने छ अनि मेरो निर्वाचन क्षेत्र हुने छ।

मैले यस क्षेत्रका लागि केही योजना बनाएको छु। यसको समग्र विकास र विकासको क्षेत्रमा यसलाई अग्रस्थानमा देखाउने योजनाहरु छन्। सडक, खानेपानी, ढल र अन्य कुराहरुलाई विगतमा पनि प्राथमिकता दिएर काम गरेको हो। अब पनि त्यही कुरामा केन्द्रित हुनेछु। केन्द्रीय सांसदको रुपमा र मन्त्रीको रुपमा पनि मैले सकिँदो यस क्षेत्रको विकास र समृद्धिका लागि काम गरेको छु।   

Ncell 2
Ncell 2
nimb
nimb

बाँके–२ मा तपाईंसँगै अन्य उम्मेदवार पनि चुनावी मैदानमा छन्। उनीहरुले पनि यस्तै दाबी गर्ने गरेका छन्। ती उम्मेदवारभन्दा तपाईं कसरी फरक? 
पक्कै पनि निर्वाचनको मैदानमा धेरै उम्मेदवारहरु रहनु भएको छ। सबैले आ– आफ्ना कुरा राख्नु हुने छ। मतदाताले त्यसमा पनि को चाहिँ काम गर्ने र को गफ मात्र गर्ने हो भनेर छुट्याउनु पर्दछ। त्यसका लागि विगतमा काम गरेको आधार मतदाताले पक्कै लिनु हुने छ। यस क्षेत्रका लागि विगतमा कसले कति योगदान दियो त्यसले पनि फरक पार्छ भन्ने मलाई लाग्दछ। 

सबै उम्मेदवारहरुले आ–आफ्ना अजेन्डा अघि सारेर जाने हो। मतदाताले कसको कुरा वास्तविक छ, कसले कति काम गर्न सक्छ त्यसलाई छानेर मतदान गर्ने हो।  मतदाता त्यो कुरामा सचेत छन्। विगतमा पनि सचेत थिए। अब आउने निर्वाचनमा पनि सचेत भएरै मतदान गर्ने छन्। मेरा कामहरुको निरन्तरताका लागि पनि म यो क्षेत्रबाट विजयी हुन जरुरी छ। 

तपाईं विगतमा पनि सांसद हुनुभयो। मन्त्री हुनुभयो। तर, मन्त्रीका लागि अवसर उपयोग मात्र गर्ने काम गर्नुभएको आरोप छ नि? 
मन्त्री बन्ने कुरा पार्टीको निर्णयको आधारमा हुने हो। पार्टीले म यसका लागि योग्य छु भन्ने लाग्यो अनि मलाई मन्त्री बनाएको हो। म दुई पटक मन्त्री भएपनि कुनै विवादमा आउने कार्य गरेको छैन। देशको समग्र हितमै काम गरेको छु। देशको विकास निर्माणकै लागि काम गरेको छु। जनताले पनि त्यसको मूल्यांकन गरेका छन्। सार्वजनिक सञ्चारमाध्यमले पनि मेरो मूल्यांकन गरेका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तपाईंको मुख्य प्रतिस्पर्धी को हो जस्तो लाग्छ? 
निर्वाचनको मैदानमा उम्मेदवारी दिने सबै प्रतिस्पर्धी हुन्। तर, अहिले निर्वाचनको मैदानमा हेर्दा नेपाली कांग्रेस र राप्रपा–एमाले गठबन्धनका उम्मेदवार मुख्य प्रतिस्पर्धी हुन्।  स्थानीय तहको मत र जनआधारले पनि यी दुई पार्टी बलियो भएकाले प्रतिस्पर्धीको रुपमा राखेको छु। मैले मतदातालाई सबैलाई हेरेर मतदान गर्न अनुरोध गरेको छु। 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १६:२७
  • #चुनाव_२०७९
  • #बाँके–२
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्