काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचन अग्रमगन र पश्चगमनबीचको लडाइँ भएको बताएका छन्।
शुक्रबार बिहान काठमाडौं–७ का उम्मेदवारहरूको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको चुनाव सामान्य चुनाव नभएको बताएका हुन्।
‘अहिले देशमा दुईवटा विचार र दुईवटा गठबन्धन आमने सामने भएका छन्। एउटा, पश्चमन अथवा संविधान मास्ने पक्ष र अर्को, अग्रगमन अथवा संविधानको रक्षा गर्ने पक्ष। एउटा लोकतन्त्र विरोधी पक्ष र अर्को लोकतन्त्रको रक्षाको पक्षमा रहेको गठबन्धन’, प्रचण्डले भने।
उनले संविधान मिच्ने र देशलाई निरंकुशता र अराजकतातिर फेरि धेकेल्ने प्रयास भइरहेको टिप्पणी गरे। यस्ता खालका विचार र प्रवृतिका विरुद्ध लड्नका लागि आफूहरूले गठबन्धन बनाएको उनको भनाइ छ।
वर्तमान सत्ता गठबन्धन बन्दै गर्दा संविधान, लोकतन्त्र र राष्ट्रको रक्षाका निम्ति यो आवश्यक छ भन्ने मान्यताबाट अघि बढेको प्रचण्डले स्मरण गरे।
काठमाडौं–७ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि मानुषी यमि भट्टराई उम्मेवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।