काठमाडौं– युनाइटेड नेसन्स मल्टि डाइमेन्सनल इन्टिग्रेटेड मिसन ईन माली (मिनुस्मा)मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली प्रक्रिया सुरु भएको छ।
संयुक्त राष्ट्रसंघको आह्वान शान्ति स्थापनार्थ विगतदेखि नै युएनमिसमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको नेपाली सेनाको मालीमा अदलीबदली सुरु भएको हो।
सोही क्रममा बुधबार मालीमा तैनाथ ई.ओ.डि. गुल्म (शान्ति सेना) आठौं डफ्फा बदली गर्नका लागि सेनानी पवन थापाको नेतृत्वमा नवौं डफ्फाको अन्तिम टोली (७५ जना नेपाली शान्ति सैनिक) युएन चार्टर्ड फ्लाइटमार्फत् काठमाडौंबाट मिसन ईलाकातर्फ प्रस्थान गरेको छ।
साथै मालीमा रहेका आठौं डफ्फाका सैनिकहरु शुक्रबार स्वदेश आउने जंगी अड्डाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।