काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवार, भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा अपनाउनु पर्ने निर्वाचन आचारसंहितामा कडाइ गरेको छ।
अहिले उम्मेदवारहरु घर–दैलोमा छन्। प्रचारप्रसारका लागि आायोगले मौन अवधि सुरु हुनुभन्दा अघि १५ दिनको समय दिएको छ। आसन्न निर्वाचनका लागि उम्मेदवारले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ।
यस्तै, उम्मेदवारहरुले प्रचारप्रसारमा जानुअघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा २४ घण्टा अगावै जानकारी गराउनुपर्ने आयगेले जारी गरेको आचारसंहितामा उल्लेख छ। साथै, बाजागाजा तथा झाँकीसहित नजान र यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न पनि आचारसंहितामार्फत् आयोगले स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।