• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कसरी फुत्कियो उपमहासचिव हरिबोलको टिकट?

64x64
नारायण अधिकारी शनिबार, कात्तिक ५, २०७९  ०७:३०
1140x725

काठमाडौं– करिब १ वर्षअघि नेपाल लाइभको कार्यालयमा पुगेका माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भनेका थिए, ‘गठबन्धन नै भए पनि सिन्धुलीका दुवै क्षेत्र माओवादीले लिनपुर्छ। दुवै क्षेत्रमा एक्ला–एक्लै लड्दा पनि माओवादीको जित सुनिश्चित छ।’

जितको आधार समेत दिँदै उनले थपे, ‘१ मा राजन लोकप्रिय छन्। म दुईपटक निर्वाचित भएको २ मा धेरै विकासका काम भएका छन्।’

क्षेत्र नम्बर १ मा लोकप्रिय र जित सुनिश्चित भएका भनिएका उनै नेता लेखनाथ दाहाल (राजन) ले गजुरेलको प्रतिनिधि सभाको टिकट फुत्काए। टिकट नै नपाएपछि उपमहासचिव समेत रहेका गजुरेल भने असन्तुष्ट बनेका छन्। गत शुक्रबार मात्रै गजुरेलले पार्टी कार्यालय पेरिसडाँडा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई असहमतीको पत्र थमाएका छन्। आफूले टिकट नपाउनुको कारणबारे प्रष्ट पार्नुपर्ने गजुरेलको अडान छ। टिकटबारे प्रष्ट नपारेसम्म चुनावी अभियानमा भाग नलिने समेत उनले बताएका छन्। 

गजुरेलको टिकट फुत्काएका दाहाललाई चुनावी चटारोले छोइसक्दा गजुरेल भने केन्द्रमै बसेका छन्। चुनावी अभियानमा उनी सामेल भइसकेका छैनन्। यसबारे जिज्ञासा राख्दा माओवादी केन्द्र सिन्धुलीका जिल्ला नेता ज्वाला न्यौपाने (पुकार) भन्छन्, ‘उहाँको साथ समर्थन सबै छ। केन्द्रीय स्तरको नेता भएकाले अन्यत्र समेत जानु परेकाले जिल्ला नआउनु भएको हो।’

उठेका दुवै चुनाव जितेका गजुरेल यसपटक भने टिकन नै नपाएपछि असन्तुष्ट बनेका छन्। आफ्नो जित सुनिश्चित हुँदा समेत टिकट नदिइएको उनको भनाइ छ। उठेका दुबै चुनाव जितेका, पार्टीको उपमहासचिव समेत रहेका र कुनै समय प्रचण्ड निकट रहेका भनेर चिनिएका उनै गजुरेलले टिकट नै नपाउने अवस्था कसरी आयो त?

नेकपा हुँदा दोहोरो चरित्र
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य थिए हरिबोल गजुरेल। नेकपामा तत्कालीन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच मतभेद सुरु भएपछि दुवै जनाले आफू निकट नेताको छुट्टाछुट्टै भेला समेत गरेका थिए। 

त्यतिबेला गजुरेल दुबै पक्षको भेलामा गएका थिएनन्। पूर्वमाओवादी भएर पनि आफूले बोलाएको भेलामा नआएकाले त्यतिबेलादेखि नै प्रचण्ड गजुरेलसँग असन्तुष्ट थिए। अझ त्यतिबेला गजुरेललाई ओली खेमामा जान लागेको भनेर चर्चा समेत गरिएको थियो। तर त्यतिबेला उनले आफू पार्टी एकताको पक्षमा रहेकाले दुवै पक्षको गुट भेलामा नगएको दाबी गरेका थिए। 

यद्यपि सर्वोच्च अदालतले २०७७ फागुन २३ नेकपाको एकतालाई मान्यता नदिइ पुरानै अवस्था (एमाले र माओवादी केन्द्र) मा फर्काइदिएपछि गजुरेल माओवादी केन्द्रमै रहेका थिए। ‘जब–जब प्रचण्डलाई संकट पर्छ त्यसपछि प्रचण्डले नै गजुरेललाई अघि सार्ने गरेका थिए। तर नेकपामा रहँदा देखिएको उनको दाहोरो चरित्रको असर अहिलेको चुनावमा देखिएको हुनसक्छ,’ प्रचण्ड निकट मानिने एक नेताले भने। 

nimb
nimb

महासचिव कार्ड
माओवादी केन्द्रमा आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समिति निर्वाचित भए पनि पदाधिकारी चयन पेचिलो बनेको थियो। अध्यक्षमा प्रचण्ड चुनिए पनि त्यसपछिको कार्यकारी पद महासचिवलगायत अन्य पदाधिकारी चुनिन बाँकी थियो।

महासचिवका लागि मुख्य गरी जनार्दन शर्मा (प्रभाकर) र वर्षमान पुन (अनन्त) को दाबेदारी बलियो थियो। दाबेदारी धेरै भएकाले महासचिव चुन्न सकस भइरहेका बेला खुमलटार पुगेर गजुरेलले पनि महासचिव पदका लागि दाबी पेस गरेका थिए। 

दाबेदारी धेरै भएपछि शर्मा,पुन वा गजुरेल महासचिव बनेनन्। प्रचण्डले देव गुरुङलाई रोजे। नेकपामा दुईलाइन संघर्ष भएकै बेला मौन बसेको र त्यसमाथि महासचिव चुन्न सकस परेको बेला अर्को दाबेदारी गरेर अड्को थापेको अर्थमा प्रचण्डले बुझेको हुनसक्ने माओवादी नेताहरु बताउँछन्। 

गजुरेलको अफर– अध्यक्षलाई घर 
गजुरेलले पार्टीमा आलोचनात्मक चेतको जरुरी रहेको बताउँदै आएका थिए। नेपाल लाइभसँगकै एक कुराकानीमा गजुरेलले भनेका थिए– ‘पार्टी र नेतृत्वलाई सही ट्रयाकमा ल्याउन सकारात्मक आलोचना आवश्यक छ।’ गजुरेलले यसो भनिरहँदा प्रचण्ड घरबेटी शारदा अधिकारीका कारण विवादको केन्द्रमा थिए।

त्यसपछि गजुरेलले अध्यक्षलाई बरु पार्टीले नै घर बनाएर राख्ने, तर ठेकेदार अधिकारीको घरमा बस्न नहुने समेत बताएका थिए। 

नेपाल लाइभसँगको कुराकानीमा उनले भनेका थिए, ‘नेताहरु कसै न कसैको घरमा बस्नै पर्‍यो। काठमाडौंमा घर बनाउने भनेको धनीमानी, पैसा हुने व्यापारी र ठेकेदारहरुले नै हो। अध्यक्षको निवासलाई लिएर विवाद आएका छन्। एकपटक बालाजुको विस्तारित बैठकमा हाम्रो केन्द्रीय समिति सदस्यको सम्पत्ति पार्टीलाई दिने र पार्टीले व्यवस्थापन गर्ने भनिएको थियो। औपचारिक रुपमा मैले अध्यक्षलाई लिखित पनि दिएको छु। जे जस्तो भए पनि निवासका विषयमा नयाँ विकल्प दिनै पर्छ। जसले गर्दा विवाद नआओस्। तत्काल अध्यक्षको निवासको व्यवस्थापन गर्ने भनेको छु। त्यसो हुँदा निवासलाई लिएर प्रश्न उठ्दैन।’

कुनै समय प्रचण्डनिकट मानिएका नेता गजुरेलले माओवादीलाई सही ‘ट्रयाक’ मा राख्ने भन्दै आलोचना गर्न थाल्दा त्यसलाई खुमलटारले नपचाएको र त्यसैको परिणाम अहिले चुनावमा देखिएको गजुरेल निकट नेताको बुझाइ छ। 

आठ पालिकाको साथ दाहाललाई
गजुरेलको टिकट खोसिनु र दाहालले पाउनुलाई स्थानीयस्तरको लोकप्रियता अर्को कारक हो। सिन्धुलीका ९ पालिकामध्ये ८ पालिकाको माओवादी नेतृत्वले दाहाललाई साथ दिएका थिए। ८ पालिकाका इन्चार्ज, अध्यक्ष तथा जनप्रतिनिधिहरु दुई पटकसम्म खुमलटार पुगेर दाहाललाई टिकट दिन प्रचण्डलाई आग्रह गरेका थिए। 

खुमलटार पुगेका स्थानीय नेतालाई प्रचण्डले निराश नपार्ने वचन दिएका थिए। सिन्धुलीका माओवादी केन्द्रका नेता ज्वाला न्यौपाने (पुकार) भन्छन्, ‘गजुरेल उपमहासचिव पनि हुनुभयो। दुई–दुई पटक सांसद पनि बन्नुभयो। मन्त्री बन्नुभयो। सधै एउटै व्यक्तिले टिकट पाउनुपर्छ भन्ने पनि भएन। स्थानीय स्तरमा लोकप्रिय दाहालले टिकट पाउनु स्वाभाविक हो।’

माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य समेत रहेका दाहाल स्थानीयस्तरमा लोकप्रिय नेता मानिन्छन्। प्रदेश सांसद हुँदा बजेट ल्याएर स्थानीयस्तरमा विकास निर्माणको कामलाई तीव्रता दिएकाले उनी लोकप्रिय नेताको रुपमा चिनिन्छन्। 

कोरोनाको समयमा आइसोलेसन निर्माणदेखि पीडितलाई सहयोग र पार्टी कार्यालय स्थापना सम्ममा दाहालले ‘नमूना’ काम गरेकाले प्रतिनिधि सभाको टिकट पाउनु स्वाभाविक रहेको नेता न्यापौनेको भनाइ छ। 

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  ०७:३०
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी प्रभावितको आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने बिहीबार, भदौ ११, २०८३
रसुवाको बाढी प्रभावित क्षेत्रमा ८ टन राहत सामग्री पठाइयो बिहीबार, भदौ ११, २०८३
सिन्धुपाल्चोकसहित ५ जिल्लामा सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
थप ठूलो बाढी आउने विश्वसनीय सूचना प्राप्त छैन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण बिहीबार, भदौ ११, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्