• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

अभियानबाट निर्वाचन खर्च उठाउँदै उम्मेदवार, आयोगले तोकेभन्दा माथि उठाए कस्तो हुन्छ कारबाही?

64x64
सुमित्रा कार्की बिहीबार, कात्तिक ३, २०७९  २०:५९
1140x725

काठमाडौं– नेपालको निर्वाचन इतिहास हेर्दा दल र दलका उम्मेदवारले कति खर्च गर्छन् भन्ने कुनै हिसाब हुने गरेको देखिँदैन। न उनीहरुले निर्वाचन आयोगमा वास्तविक विवरण नै बुझाउँछन्। 

निर्वाचनका बेला मतदाता प्रभावित पार्न रकम वितरण गर्नेदेखि भोज खुवाउने, पेट्रोल वितरण गर्ने र मदिरा खुवाउने विषय सामान्य भइसकेको छ। 

निर्वाचन आयोगले चुनावका बेला उम्मेदवारका लागि खर्चको सीमा पनि तोकेको हुन्छ। तर, कानुन बनाउने जनप्रतिनिधि नै आयोगले तोक्ने खर्चको सीमा व्यावहारिक नहुने भन्दै लागू गर्दैनन्। 

यसपटक हुन लागेको निर्वाचनमा भने अघिल्लो निर्वाचनभन्दा भिन्न परिस्थिति देखिएको छ। केही साना राजनीतिक दलका नेता र स्वतन्त्र उम्मेदवारले आफूसँग प्रचार–प्रसारका लागिसमेत खर्च नभएको भन्दै औपचारिक रुपमै मतदातासँग सहयोगको अपिल गरेका छन्। अपिलसँगै यसरी मागिएको सहयोग पारदर्शी हुने तर्क पनि गरेका छन्। 

केही दिनअघि सामाजिक सञ्जालमा प्रदेश नम्बर १ को सुनसरी क्षेत्र नम्बर–२ ‘ख’ बाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवार बनेका सन्तोष मेहताले आफूसँग खर्च नभएको भन्दै मतदातासँगै आर्थिक सहयोगको अपिल गरे। 

उनले निर्वाचन प्रणाली खर्चिलो भएको र आफूसँग त्यसका लागि रकम नभएको भन्दै मतदातासँग सहयोग मागेका हुन्। यसरी माग गरिएको रकम आफूले पारदर्शी रुपमा निर्वाचनको प्रयोजनका लागि मात्रै खर्च गर्न उनले तर्क गरेका छन्। 

सत्तारुढ गठबन्धनको समर्थनमा काठमाडौं–७ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेकी मानुषी यमी भट्टराईले पनि मतदातासँग आर्थिक सहयोगको लागि अपिल गरेकी छन्।  

गत बिहीबार सामाजिक सञ्जालमा उनले बैंकको खाता नम्बर र ई–बैंकिङका लागि क्यूआर कोड राख्दै आर्थिक सहयोगको अपिल गरेकी हुन्। 

nimb
nimb
Ncell 2
Ncell 2

उनले आफू निर्वाचित भएपछि निर्वाचन खर्च प्रणालीमा देखिएको विकृतिबारे सदनमा उठाउने दाबी गरेकी छन्। उनले भनेकी छन्, ‘विद्यमान निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो छ। सदनमा यो विषय हामी उठान गर्नेछौं।’

नेपाललाइभसँगको कुराकानीमा उनले भनिन्, ‘चुनावमा दलहरुबाट हुने खर्चको विवरण सार्वजनिक रुपमा सर्वसाधारणको पहुँचमा पुग्दैन। सबै दल र उम्मेदवारले आफ्नै खर्चमा मात्रै लडेका हुँदैनन्। त्यस्तो खर्च कहाँबाट लिएर चुनाव लडे? कति खर्च भयो? यस्ता विवरण सार्वजनिक गर्नका लागि नै मैले अभियान थालेकी हुँ।’

आफूले चुनावलाई पारदर्शी बनाउनकै लागि सार्वजनिक अपिल गरेको भन्दै त्यसमा जसले जति सक्छ त्यति नै सहयोग गर्न अनुरोध गरिन्। 

चुनाव खर्चलाई पारदर्शी बनाउन आफूले सबै खर्च वैधानिक च्यानलमार्फत् नै गर्न लागेको उनको दाबी छ।  उनी भन्छिन्, ‘निर्वाचन आयोगले खर्चको सीमा तोकेको छ। त्यो सिलिङभित्र रहेरै हामी फन्ड संकलन गर्छौं। तोकिएको सीमा अनुसार पुगेपछि रकम संकलन कार्य बन्द गर्छौं।’

यो अभियानमा कति रकम जम्मा हुन्छ एक–एक गर्दै सार्वजनिक गर्ने उनले बताएकी छन्। यसरी निर्वाचन खर्च माग गर्नेमा काठमाडौं–२ मा विवेकशील साझाबाट प्रतिनिधि सभा उम्मेदवार बनेका धनेज थापा पनि हुन्। उनले पनि सार्वजनिक रुपमा मतदातासँग निर्वाचन खर्चका लागि सहयोग गर्न अपिल गरेका छन्। 

यस्तै काठमाडौं–५ ‘क’ प्रदेश सभामा स्वतन्त्र उम्मेदवार बनेका सस्मित पोख्रेल र काठमाडौं–९ मा विवेकशील अभियान (साझा पार्टी, नेपाल) बाट उम्मेदवार बनेका मिलन पाण्डेले पनि यसैगरी खर्च जुटाउने अभियान थालेका छन्। 
पाण्डेले चुनावमा हुने खर्चलाई पारदर्शी र व्यावहारिक बनाउन अभियान थालेको बताए। उनी भन्छन्, ‘निर्वाचनमा खर्च हुने पारदर्शी हुँदैन। त्यस्तो रकम कुन स्रोतबाट आउँछ? कसले कति खर्च गर्छ? जस्ता सूचना हामीसँग हुँदैनथिए। तर, यसपटक हामीलाई कसले कति सहयोग गर्छन् भन्ने हिसाब राख्छौं। उहाँहरुले गर्ने सहयोग पनि वैधानिक बाटोबाटै हुन्छ र हामी सार्वजनिक पनि गर्छौं।’

यता काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु न्यौपाने (दर्शना) ले पनि आर्थिक संकलन अभियान थालेकी छन्। चुनावमा यसअघि हुँदै आएको अवैधानिक स्रोतको लगानी निस्तेज पार्न पनि जनतासँग सहयोग माग्ने अभियान थालेको उनको भनाइ छ। 

‘निर्वाचन आयोगले तोकेकै खर्चमा पनि चुनाव लड्न सकिन्छ भन्ने सन्देश दिन खोजेका छौं। त्यसकै लागि हाम्रो सहयोग अभियान सुरु भएको हो,’ उनी भन्छिन्, ‘सकभर तोकिएको भन्दा पनि न्यून खर्च गर्ने प्रयास गर्छौं। तर, तोकिएको भन्दा माथि जाँदैन।’

राजनीतिक दलको अपारदर्शी खर्च गर्ने प्रवृत्तिका कारण पछिल्लो समय नेपालमा पैसा हुने व्यक्तिले मात्र चुनाव लड्ने हो भन्ने थिति बस्दै गएको उनको भनाइ छ। 

‘ठूलै खर्च नगरेसम्म चुनाव लड्न सकिन्न भन्ने जुन खालको धारणा छ। त्यसलाई परिवर्तन गर्न पनि हाम्रो अभियान सुरु भएको हो,’ उनले थपिन्। 

उनले सहयोग संकलन वैधानिक रुपमा बैंकिङ प्रणालीबाटै गरिने र त्यसको जानकारी सार्वजनिक रुपमा दिने बताइन्। ‘कसैसँग खुसुक्क यति पैसा चाहियो भनेर भनेका छैनौं। निर्वाचन सकिएपछि कुन शीर्षकमा कहाँ कति खर्च भयो भन्ने विवरण बुझाउनुपर्छ। अहिलेदेखि वैधानिक बाटो अपनाउँदा पछि निर्वाचन आयोगमा पनि पारदर्शी विवरण बुझाउन सजिलो हुन्छ,’ न्यौपानेले भनिन्। 

यस्तै निर्वाचन आयोगले पनि उम्मेदवारलाई २५ हजारभन्दा माथि सहयोग गर्ने दातालाई रकमको स्रोत खुलाउन भनेको छ। रञ्जु दर्शनाको निर्वाचन क्षेत्रमा निर्वाचन आयोगले २७ लाखको बजेट खर्च गर्न सकिने सिलिङ बनाएको छ। 

आफूहरुलाई आयोगले तोकेको सिलिङ अनुसारको रकम संकलन भइसकेपछि सहयोग अभियान राेक्ने उनले बताइन्। यद्यपि तोकिएको सीमाभन्दा बढी रकम संकलन भए पारदर्शी रुपमा सामाजिक कार्यमा उक्त रकम खर्च गर्ने उनको भनाइ छ। 

त्यसरी संकलन भएको रकममध्ये कसैले फिर्ता माग्न चाहे फिर्ता गर्ने उनले बताइन्। निर्वाचनका लागि भनेर उठाएको रकम व्यक्तिगत प्रयाेजनमा खर्च नहुने उनले दाबी गरिन्। 

यता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–८ का उम्मेदवार विराजभक्त श्रेष्ठले पनि आर्थिक सहयोग उठाइरहेका छन्। ‘ठूला चन्दादाताको, ठूला धन्दालाई हामी तिरस्कार गर्छौं। आज गरिने ठूलो सहयोगको नाममा भोलिको ठूलो स्वार्थलाई हामी निरुत्साहित गर्दछौं’, भन्दै उनले सामाजिक सञ्जालमार्फत् सहयोग मागेका छन्। 

उनले नागरिकस्तरबाट हुने सहयोगको एक–एक रुपैयाँ निर्वाचनकै प्रयोजनमा खर्च हुने दाबी गरेका छन्। उनले लेखेका छन्, ‘आम नागरिकबाट उठेको सहयोगबाट नै हामी चुनावी अभियान सञ्चालन गर्दैछौं। उठेको एक–एक रुपैयाँको पारदर्शीता कायम हुन्छ।’

यस्तो अभियान काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रका उम्मेदवारले सञ्चालन गरेका छन्। 

तोकिएको सीमाभन्दा बढी खर्च उठाए र दुरुपयोग भए के हुन्छ? 

निर्वाचन आयोगले यसरी उठाइएको रकमको विवरण पारदर्शी नभए कारबाही गर्ने चेतावनी दिएको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनपछि खर्चबारे छानबिन हुने र पारदर्शी नपाइए कारबाही गरिने बताए। 

उनले भने, ‘क्राउड फन्डको रुपमा उम्मदेवारले उठाएको पैसा सही हुनुपर्यो। यदि कसैले १५ लाख उठाउनुपर्ने ठाउँमा २० लाख उठाएका छन्, त्यसरी बढी उठाएमा राज्यलाई बुझाउनुपर्छ। तर उम्मेदवारले कसरी व्यवस्थापन गर्छन् त्यो पछि थाहा हुने कुरा हो। अहिले नै यस विषयमा केही भन्न सकिन्न।’

उनले आर्थिक सहायता लिने, दिने र खर्च गर्दा पनि वैधानिक च्यानलको प्रयोग गर्नुपर्ने बताए। कानुनले तोके अनुसार खर्च विवरण नबुझाएमा भने छानबिन हुने थपलियाको भनाइ छ। 

निर्वाचन आचारसंहिता अनुसार निर्वाचनमा खर्च गर्दा बैकिङ वा वित्तीय संस्थामा अनिवार्य खाता खोलेर खातामार्फत् नै खर्च गर्नुपर्ने भनिएको छ। 

यस्तै, बैंक तथा वित्तीय संस्थामा खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीबाट मात्र खर्च गर्नुपर्ने व्यवस्था पनि रहेको छ। व्यक्ति वा संस्थाबाट स्वेच्छिक रुपमा सहयोगको रुपमा नगद रकम लिएमा उक्त रकम बुझेको रसिद वा भरपाइ बैंक खातामा जम्मा गर्नुपर्ने प्रावधान छ। 

यो व्यवस्थाले उम्मेदवारलाई वैधानिक च्यानलबाट स्वेच्छिक सहयोग लिने ठाउँ दिएको निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  २०:५९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको सांसद केरुङको आरोप मंगलबार, भदौ २, २०८३
सरकारको कार्यसम्पादनमाथि हर्कराज राईको आरोप : सहकारी पीडितले पैसा पाएनन्, अस्पतालमा उपचार छैन मंगलबार, भदौ २, २०८३
प्रतिपक्षमाथि टीका संग्रौलाको कडा प्रहार– ‘कुन हिम्मतले फेरि जनतामाथि शासन गर्छौँ भन्दैछन्?’ मंगलबार, भदौ २, २०८३
शिक्षकलाई आन्दोलनमा धकेल्ने काम बन्द गर्न सरकारलाई सांसद जोशीको चेतावनी मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्