• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

घोषणापत्रलाई अन्तिम रुप दिँदै दलहरू, प्रतिनिधि सभा विघटनमा सत्तापक्ष आलोचक र बचाउमा एमाले

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ३, २०७९  १०:२४
1140x725

काठमाडौं– मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरु यतिबेला घोषणापत्र निर्माणमा केन्द्रित छन्। निर्वाचन आउन एक महिनाको समय बाँकी रहँदा दल तथा उम्मेदवारहरू घोषणापत्रलाई अन्तिम रुप दिने चटारोमा छन्।

प्रमुख राजनीतिक दलहरु अन्य कुरालाई थाति राखेर भएपनि घोषणापत्रलाई अन्तिम रुप दिने तयारीमा छन्। यही तयारी स्वरुप प्रमुख प्रतिपक्ष पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाललाई लिएर काठमाडौंदेखि अलि पर लाकुरीभञ्ज्याङ पुगेका थिए। एमाले घोषणापत्रलाई अन्तिम रुप दिने चरणमा छ।

त्यस्तै, नेपाली कांग्रेसले घोषणापत्रलाई अन्तिम रुप दिन लागिरहेको छ। कांग्रेसले घोषणापत्रको मस्यौदा संशोधनसहित पारित गरिसकेको छ। कांग्रेसले घोषणापत्र निर्माणका लागि महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समिति बनाएको थियो भने घोषणापत्र मस्यौदा निर्माण समिति अर्थविद स्वर्णिम वाग्लेको नेतृत्वमा गठन गरेको थियो। 

अर्को राष्ट्रिय दल नेकपा माओवादी केन्द्रले पनि आफ्नो प्रतिवद्धतापत्र (घोषणापत्र)लाई अन्तिम रुप दिइरहेको छ। वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठको नेतृत्वमा माओवादीले विभिन्न क्षेत्रका विज्ञहरुलाई समावेश गर्दै भदौ ४ गते नै समिति गठन गरेको थियो। २०७२ सालको संविधान जारी भएपछि माओवादी पहिलो पटक आफैं घोषणापत्र तयार गरेर निर्वाचनमा होमिँदैछ।

२०७४ सालको निर्वाचनमा माओवादीले नेकपा एमालेसँग मिलेर वाम गठबन्धन गर्दै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिएको थियो। उक्त समयमा संयुक्त घोषणापत्र निर्माण भएको थियो। यसपटक नेपाली कांग्र्रेससहित वाम–लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा केन्द्रित भएको माओवादीले एकल घोषणापत्र ल्याउने तयारी गरेको छ। 

सुरुमा एकीकृत समाजवादीसँग मिलेर घोषणापत्र बनाउने भनिएपनि पछि एक्ला–एक्लै ल्याउने भएपछि दुवै पार्टीले आ–आफ्नो तयारी गरेका छन्। माओवादी केन्द्रको  भदौ ४ गते बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको थियो। कार्यदलमा नारायणकाजी श्रेष्ठ (संयोजक), महासचिव देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, गणेश साह, अमृता थापालगायतका नेताहरु छन्।  

घोषणापत्र मस्यौदा कार्यदलका सदस्य गणेश साहका अनुसार अध्यक्ष प्रचण्डले घोषणापत्रको मस्यौदामा समेट्न भनेर केही सुझाव दिएका छन्। प्रचण्डका सुझावहरु समेटेर थप संशोधनसहित घोषणापत्रलाई अन्तिम रुप दिने तयारी भइरहेको साहले बताए। 

सत्ता गठबन्धन भर्सेस प्रतिपक्ष गठबन्धन 
यसपटक निर्वाचनमा सत्ता गठबन्धन भर्सेस प्रतिपक्ष गठबन्धन हुने देखिएको छ। लोकतान्त्रिक वाम गठबन्धनमा नेपाली कांग्र्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनामोर्चा पार्टी रहेका छन्। 

Ncell 2
Ncell 2

प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग जनता समाजवादी, राप्रपा, राप्रपा नेपाल, कांग्रेस बीपीको तालमेल छ। एमालेले केही स्वतन्त्र उम्मेदवारलाई पनि सर्मथन गरेको छ। यसपटकको घोषणापत्रमा सत्ता गठबन्धनका दलहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघठन गरेको विषयलाई उठाउने भएका छन्। उनीहरुले बहुमत प्राप्त सरकार हुँदा कसरी एमालेले असंवैधानिक कदम उठायो भनी भोट माग्ने प्रयास गरेका छन्। 

एमालेको नेतृत्वमा ३ वर्षसम्म सरकारले भ्रष्टाचार धेरै गरेको विषय पनि घोषणापत्रमा समेटिने कांग्रेसको घोषणापत्र मस्यौदा समितिका एक सदस्यले बताए। केपी शर्मा ओली नेतृत्वको सरकारले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको, विभिन्न व्यापारिक समूहलाई अनुचित लाभ दिएको विषय सत्ता गठबन्धन आवद्ध दलहरुले आफ्नो घोषणापत्रमा समेट्दैछन्। 

नेकपा एमालेले भने प्रतिनिधि सभा विघटनको बचाउ गर्दै सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठाएको छ। एमालेले विघटन सही र जनताको अभिमत लिने कार्य भएकाले त्यसलाई अबको निर्वाचनमार्फत् जनताले अनुमोदन दाबी गरेको छ।

आफ्नो नेतृत्वमा तीन वर्षमा विकास र समृद्धि सुरु भएको तर, गठबन्धनले त्यसलाई रोकेको एमालेको आरोप छ। एमालेले घोषणापत्रमा सर्वोच्च अदालतदेखि अन्य संवैधानिक निकायसम्मका बारेमा पनि उल्लेख गरेको छ। 

सत्ता गठबन्धनले सर्वोच्च अदालत आफू अनुकूल प्रयोग गरेको आरोप एमालेको घोषणापत्रमार्फत् जनतामा लैजाँदै प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि गर्ने प्रयास गर्नेछ। 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १०:२४
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने
हर्क साम्पाङले पनि दिए राजीनामा
सम्बन्धित सामग्री
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने उम्मेदवारी मनोनयनको मिति माघ ६ गते तोकिएको छ। यसअघि नै निर्वाचन आचारसंहिता २०८२ राजपत्रमा प्रकाशित भइसकेको छ। आचारसंहिता प्रभावकारी... आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सीमा थप गर्न माग गरिएको निर्वाचन आयोग... आइतबार, माघ ४, २०८२
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्