महाराष्ट्र– भारतको महाराष्ट्रको जलगाव जिल्लामा एक रेल दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ। रेलवेका जनसम्पर्क अधिकारीका अनुसार पुष्पक एक्सप्रेसका यात्रीबीचमा रेलमा आगो लागेको अफवाह फैलिएको थियो।
त्यसपछि रेलको चेन खिचेर रोकेर यात्रीहरु उत्रिएका थिए। सोही समयमा अर्कोतर्फबाट बेंगलुरुदेखि दिल्ली जाँदै गरेको कर्नाटक एक्सप्रेसको चपेटामा केही यात्रु आएका थिए।
यता चुसावल डिभिजनका रेलवे पीआरओले बीबीसीसँग कुरा गर्दै भने, ‘लखनऊदेखि मुम्बई जाँदै गरेको रेलको बी–४ बोगीमा आगो लागेको हल्ला फैलियो। यसका कारण कैयौं यात्री रेलबाट कुदे। त्यसैबेला अर्कोतर्फबाट आएको रेलको चपेटामा कैयौं यात्री परे।’
उनलका अनुसार हालसम्म ११ जनाको मृत्यु भएको छ। १२ यात्रु घाइते भएकोमा उनीहरुलाई अस्पताल पुर्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।