काठमाडौं– बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि अदालतले थप ४ दिनको समय दिएको छ। अदालतको अनुमतिपछि प्रहरीले उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएको छ।
प्रहरीले सन्दीपविरुद्ध अनुसन्धान जारी रहेको भन्दै पुन: ७ दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरेको थियो। तर, अदालतले भने ४ दिनको समय दिएको हो।
लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि निलम्बनमा परेका थिए।
करिब १ महिनाजति विदेशमै रहेका लामिछानेलाई नेपाल आउनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।