काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्ने सबैभन्दा धेरै मतादाता बागमती प्रदेशमा रहेका छन्।
निर्वाचन आयोगले तयार पारेको तथ्यांक अनुसार बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४९२ मतदाता रहेका छन् भने सबै भन्दा कम कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ मतदाता रहेका छन्।
यस्तै, प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५, मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८, लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७, गण्डकीमा १८ लाख १७ हजार ५४१ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ मतदाता रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।