काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका तीन दलको तर्फबाट संयुक्त घोषणा पत्र जारी गर्ने बताएका छन्।
सत्ता गठबन्धनका दलले मंगलबार ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन अभियान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यसबारे जानकारी दिए।
‘हामी भोलि पर्चा निकाल्दैछौं। हामी तीनवटै पार्टीकोतर्फबाट एउटा संयुक्त घोषणापत्र अगाडि बढाउँदै छौं। हामीले हस्ताक्षर गरिसकेका छौं। त्यो छाप्न गएको छ,’ अध्यक्ष नेपालले भने।
यस्तै, नेपालले भेलामा उपस्थित नेता/कार्यकर्तालाई उक्त घोषणा जनता समक्ष गएर व्याख्या गर्न पनि आग्रह गरेका छन्। नेपालले भने,‘छापिएको घोषणा पत्र तपाईंहरूको हातमा आउँदै छ। तिनलाई तपाईंहरूले व्याख्या गर्नु पर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।