काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले निर्वाचन आयोगले कार्तिक १८ गते अगाडि दलहरुले चुनाव प्रचारका लागि गरिने आमसभामा लगाएको रोकप्रति आपत्ति जनाएका छन्।
निधिले लोकतन्त्रमा आमसभा, गोष्ठी, सेमिनारजस्ता कार्यक्रममा रोक लगाउनु ठिक नभएको भन्दै निर्वाचनका बेला मौन अवधिबाहेक अरु बेला कार्यक्रम गर्न रोक लगाउन नहुने बताए।
आयोगको यस्तो व्यवस्थाप्रति दलहरु कसरी सहमत भए भन्दै उनले प्रश्नसमेत गरेका छन्। निधि पाँच दलीय गठबन्धनको उम्मेदवारको पक्षमा जनकपुरमा आमसभा गर्न सोमबार त्यहाँ पुगेका थिए।
तर आयोगले कात्तिक १८ गतेभन्दा अगाडि दलहरु तथा उम्मेदवारले आमसभा गर्न नपाउने बताएपछि निधिले सामाजिक सञ्जालमार्फत् विरोध जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।