काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई जनताले दिएको म्यान्डेट अनुसार काम गरेको दाबी गरेका छन्।
सोमबार पत्रकार सम्मेलन गर्दै उनले काठमाडौं–१ मा निर्वाचन क्षेत्रका वासिन्दाले दिएको म्यान्डेट अनुसार काम गरेको दाबी गरेका हुन्। उनले हरेक टोल र वडाको अन्तरक्रियामा यो काम गर्नुपर्छ भन्ने भएपछि सोही अनुसार काम गरेको बताए।
उनले पहिलो संविधान सभाको निर्वाचन, दोस्रो संविधान सभाको निर्वाचन र २०७४ सालको प्रतिनिधि सभामा जनताको म्यान्डेट लिएर निर्वाचित भएको बताए।
सिंहले आफूले निर्वाचन जित्दै गर्दा काठमाडौं –१ का हरेक नागरिकसँग सामाप्यिता बढ्दै गएको बताए। बाँकी रहेका काम सम्पन्न गर्नका लागि यसपटक आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।