काठमाडौं– निर्वाचन आयोगको चेतावनीपछि सत्ता गठबन्धनको चुनावी सभाको कार्यतालिका प्रभावित हुने भएको छ।आयोगले कात्तिक १८ गते अगाडि चुनावी सभा गर्न नपाइने भन्दै चेतावनी दिएको छ।
सत्ता गठबन्धनले कात्तिक ४ गतेदेखि ७ गतेसम्म देशका प्रमुख सहर तथा प्रदेश राजधानीहरुमा चुनावी सभा गर्ने कार्यतालिका तय गरेको छ। ती सभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भनिएको छ।
तर, आयोगले भने कात्तिक १८ गते अगाडि चुनावी सभा आयोजना गरिएमा उम्मेदवारी खारेजसम्म हुनसक्ने चेतावनी दिएको छ।
सोमबार निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले दलहरुले कार्तिक १८ गतेदेखि मात्रै चुनावी प्रचार प्रसार गर्न पाउने बताए। अहिले भने बढीमा २५ जनाले मात्रै घरदैलो गर्न पाउने आयुक्त भण्डारीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।