काठमाडौं– निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि मत दिन योग्य मतदाताको संख्या विवरण सार्वजनिक गरेको छ। निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको आयोगको तथ्यांक छ।
पुरुष मतदाता ९१ लाख ४० हजार ८०६ र महिला मतदाता ८८ लाख ४७ हजार ५७९ छन्। त्यस्तै, अन्य मतदाता १८५ छन्।
प्रतिनिधि सभातर्फ कुल १६५ र प्रदेश सभातर्फ कुल ३३० सिटका लागि प्रत्यक्षतर्फको निर्वाचन हुँदैछ। त्यस्तै, प्रतिनिधि सभाका ११० सिट र प्रदेशमा प्रत्येक प्रदेशका लागि सो प्रदेशसभाको कुल आकारको ४० प्रतिशत सिटका लागि समानुपातिक निर्वाचन पनि त्यसै दिन हुँदैछ।
देशभर कुल १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र हुने आयोगले जनाएको छ ।
कुन निर्वाचन क्षेत्रमा कति मतदाता छन्? हेर्नुहोस् विस्तृत विवरणः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।