काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्धमा बागी उम्मेदवार दिएकाहरुलाई पार्टीबाट निस्कासन गरेको छ।
‘...समयभित्र उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारहरु, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको कुरा अवगत गराउन चाहन्छौँ’, सोमबार माओवादीका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
त्यस्ता उम्मेदवारहरुले पार्टीका एवं गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धतासहित सोमबारभित्र सार्वजनिक वक्तव्य दिएर आफ्नो उम्मेदवारी निस्क्रिय गराएमा कारबाही फिर्ता लिइने पनि जानकारी गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।