काठमाडौं- बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का ५० वर्षीय ब्रजेश उपाध्याय छन्।
उच्च अदालत पाटनले गत साउन २३ गते उनलाई २ करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना र १० लाख ४६ हजार २०७ रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो भने २ महिना १५ दिन कैदको समेत तोकेको थियो।
अदालतको उक्त फैसलापछि फरार हुँदै आएका उनलाई नक्सालबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।