फाइल फोटो
काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबाट काठमाण्डौं–२ कि साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताएर पठाउन त्यहाँका मतदातालाई आग्रह गरेका छन्। साथै उनले घर्तीलाई चुनावपछि विकास मन्त्रालयको मन्त्री बनाउने घोषणा गरेका पनि छन्।
सत्ता गठबन्धनले आइतबार काँडाघारीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले घर्तीभित्रै धेरै क्षमता रहेको बताए। त्यही क्षमता देखेर आफूले उमेर नपुगे पनि सभामुखको जिम्मेवारी दिएको र उक्त जिम्मेवारी उनले कुशलतापूर्वक निर्वाह गरेको चर्चा गरे।
प्रचण्डले काठमाण्डौं–२ माओवादीले पाउने टुंगो नहुँदै कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्न आग्रह गर्दा ओनसरीले सहर्ष स्वीकार गरेको बताए। ‘ओसनरीमा केही गर्न सक्ने नेतृत्वको क्षमता छ। यस क्षेत्रका जनतालाई निर्धक्कसँग ओनसरी र प्रदेशसभामा उम्मेदवार रहेका उहाँको टिमका उम्मेदवारलाई विजयी गराउनुस’, प्रचण्डले भने, उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि उहाँलाई बनाएर तपाईंहरुको अगाडि पठाएनेछ। यो विश्वास दिलाउन चाहन्छु।’
ओनसरी संघर्षैसंघर्षमा जीवन बिताएको महिला नेता भएको र उनीभित्र के क्षमता छ भन्ने कुरा नजिकबाट नियाल्ने कोसिस गरेको उनको भनाइ थियो। उमेर नपुगेको व्यक्तिका लागि प्रतिनिधिसभाको सभामुखजस्तो जिम्मेवारी निर्वाह गर्नु चानचुने कुरा नभएको भन्दै उनले सफलतापूर्वक सभामुख चलाएर महिलाले पनि अवसर पाए गर्न सक्छन् भन्ने पुष्टि ओनसरीले गरेको बताए।
‘उहाँको उमेर त्यति पुगेको सकेको पनि थिएन। प्रतिनिधिसभाको सभामुख हुने भन्ने करा त्यति सामान्य थिएन। ‘बिग फाइभ' भन्छ, त्यसमध्ये एक सम्माननीय बन्ने कुरामा मैले 'तपाईं सक्नुहुन्छ आँट्नु, हाम्रो भागमा परेको छ' भनें। उहाँले त्यो जिम्मेवारी पूरा मात्र गर्नुभएन, सफलतापूर्वक पूरा गरेर पुरै देशलाई के देखाइदिनुभयो भने एउटा महिलाले पनि सभामुखजस्तो जिम्मेवारी कुशलताका साथ क्षमताको साथ पूरा गर्न सक्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।