काठमाडौं- सत्ता गठबन्धनका दलहरुले जनताका नाममा अपिल जारी गर्ने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गतेको निर्वाचनका सन्दर्भमा गठबन्धनका तर्फबाट अपिल जारी गर्न लागिएको जानकारी दिए।
आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने र सो बैठकले अपिल पारित गर्ने उनले बताए। 'हामी एकछिनपछि एउटा अपिल पारित गर्दैछौँ। र आम नेपाली जनताको नाममा गठबन्धनको तर्फबाट अपिल आउनेछ', आइतबार आयोजित सत्ता गठबन्धनको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले भने।
प्रचण्डले गठबन्धनको अपिलमा 'संविधानको रक्षा र स्थिरता र समृद्धिका लागि गठबन्धन' भन्ने मुख्य नारा हुने बताए।। विकास निर्माण र समृद्धि नै हाम्रो मुख्य अजेन्डा हुने उनको प्रतिबद्धता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।