काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभरबाट गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित गठबन्धन दलका उम्मेदवाहरुको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलले संविधान र लोकतन्त्रको रक्षाका निम्ति महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै आफूहरूलाई विजयी गराउन आग्रह गरे।
नेपालले प्रत्येक गठबन्धन दलका कमिटी, कार्यकर्ताहरुले यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाउनुपर्नेमा जोड दिए। उनले इतिहास र भूमिकाको हिसाबले हेर्दा पनि र मुलुकको राजनीतिमा गठबन्धन दलले खेलेको भूमिकाको आधारमा गठबन्धन दललाई विजयी बनाउनु पर्ने ठोकुवा गरे।
अध्यक्ष नेपालले भने,‘ हामीले यो मुलुकलाई निकै ठूलो दुर्घटनाबाट बचाएका छौं। संविधान नै धरापमा परिसकेको थियो। लोकतन्त्र धरापमा पर्ने अवस्था भइसकेको थियो। पटक–पकट धरापमा परेको संविधान र लोकतन्त्र जोगाउने कुरामा वाम–लोकतान्त्रीक गठबन्धनले महत्त्वपूर्ण भूमिका खेल्यो। ती सबै नेताहरुलाई विशेष धन्यवाद दिनुपर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।