काठमाडौं– निर्वाचनमा दलका उम्मेदवारले असिमित खर्च गर्छन्। त्यस्तो खर्च कहाँबाट आउँछ भन्ने लेखाजोखा त हुँदैन। तर मतदाता प्रभावित पार्न रकम वितरण गर्नेदेखि भोज खुवाउनुसम्म सामान्य नै भइसक्यो।
तर यसपाली एक जना उम्मेदवारले आफूसँग प्रचार–प्रसारका लागि समेत रकम नभएको भन्दै मतदातासँगै सहयोगको अपिल गरेका छन्।
प्रदेश नम्बर १ मा सुनसरी क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवार बनेका सन्तोष मेहताले मतदाता र सर्वसाधारणसँग चुनावी खर्चका लागि अपिल गरेका छन्।
उनले विद्यमान निर्वाचन खर्च प्रणाली अत्यन्त खर्चिलो भएको र निर्वाचनमा लाग्ने आधारभूत खर्चका लागि पनि आफूसँग रकम नभएकाले आर्थिक सहयोगका लागि अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।