काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार भएका २४१२ जनाको समावेशी समूह विवरण सार्वजनिक गरेको छ।
आयोगको विवरण अनुसार खस आर्य समुदायबाट १ हजार १७ जना उम्मेदवार छन्। जुन ४२.१६ प्रतिशत हो। त्यस्तै थारु समुदायबाट सबैभन्दा कम अर्थात् ६९ जना उम्मेदवार भएका छन्। जुन २.८६ प्रतिशत हो। त्यस्तै मुस्लिम समुदायबाट ८२ जना उम्मेदवार भएका छन्। जुन ३.४ प्रतिशत हो।
खस आर्य समुदायपछि सबैभन्दा बढी आदिवासी जनजाति समुदायका उम्मेदवार छन्। सो समुदायबाट ६४१ जना उम्मेदवार छन्। त्यस्तै, मधेसी समुदायबाट ५०६ जना र दलित समुदायबाट ९७ जना उम्मेदवार छन्।
प्रदेश सभातर्फ ३२२४ जनाको उम्मेदवारी परेको छ। प्रदेशतर्फ पनि खस आर्य समुदायकै उम्मेदवारको वर्चस्व देखिन्छ। सो समुदायबाट १०५५ जना उम्मेदवार बनेका छन्।
त्यस्तै, आदिवासी जनजातिबाट ९०६, मधेसीबाट ८७४, मुस्लिमबाट १४५, दलितबाट १४४ र थारुबाट १०० जनाको उम्मेदवारी परेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।