काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सकेको छ।
प्रतिनिधि सभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्र र प्रदेशका लागि समानुपातिक तर्फको २ करोड १ लाख ८४ हजार मतपत्र छपाइ भएको आयोगले जनाएको छ।
यस्तै, पहिलो हुने (प्रत्यक्ष) निर्वाचित हुने प्रणालीका लागि शनिबारसम्म १७ लाख मतपत्र छपाइ भएको आयोगले जानकारी दिएको छ।
यस्तै, आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी सुरू गरेको छ।
आयोगका अनुसार हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा मतपत्र ढुवानी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।