काठमाडौं– राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनमा सहमति भए विपरीत आफ्नो पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई निष्क्रिय बन्न निर्देशन दिएको छ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार एक वक्तव्य जारी गर्दै सहमति भएका कतिपय निर्वाचन क्षेत्रहरुमा गठबन्धन दलका दोहोरो उम्मेदवारी वा बागी उम्मेदवारी परेकोमा तिनलाई फिर्ता गर्ने र समयको कारण फिर्ता गर्न नभ्याएका स्थानका उम्मेदवारका उम्मेदवारीलाई निष्क्रिय पार्न निर्देशन दिएका छन्।
राष्ट्रिय जनमोर्चाका काठमाडौं ९ (ख), गुल्मी १ (क), दाङ १ (क) र सुर्खेत १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवारी निष्क्रिय पार्ने र गठबन्धन दलका उम्मेदवारहरुलाई सहयोग गर्न निर्देशन गरिएको वक्तव्यमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।