काठमाडौं– सिरहाबाट अपहरण गरी विराटनगर पुर्याएर एक युवकको हत्या गरिएको छ। हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धनुषाका विष्णु मण्डल, राजेश ठाकुर र विराटनरका मनोज कार्की छन्।
सिरहाको गोलबजारका १८ वर्षीय अंशु सदालाई असोज २३ गते अपहरण गरिएको थियो। अपहरण गरेर विराटनगरस्थित न्यू अप्सरा होटलमा पुर्याएर उनको हत्या गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
पक्राउ परेकाहरुलाई फिरौती रकम लिन जाने क्रममा विराटनगरको माछापुछ्रे बैंक अगाडिबाट पक्राउ गरिएको हो।
अपहरण गरेर उनीहरुले एक लाख रुपैयाँ फिरौती माग गरेका थिए। फिरौती नदिएपछि हत्या गरिएको खुलेको छ। शुक्रबार बिहान गेष्ट हाउसमा मृत अवस्थामा सदाको शव भेटिएपछि अनुसन्धानमा जुटेको प्रहरीले अपहरण गरी फिरौती माग गर्दा फिरौती नदिएपछि हत्या गरेको खुलेको हो।
मुखमा इँटाले प्रहार गरेर हत्या गरी शव बक्स पलङभित्र लुकाएको अवस्थामा बरामद भएको एसपी कोइरालाले नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।