काठमाडौं- नेकपा एमालेबाट गोरखा- २ मा उम्मेदवारी दिएका अब्दुश मियाँले ३ दशकदेखि नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारक बनेका एक पात्रलाई गोरखाले राजनीतिबाटै बिदा गर्ने जनाएका छन्।
मियाँले केही समय अगाडि मात्रै नेकपा एमाले प्रवेश गरी गोरखा- २ मा उम्मेदवारी दिएका हुन्। त्यही क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिएका छन्।
उनले ओलीलाई भेटेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रचण्डप्रति लक्षित गरेर यस्तो अभिव्यक्ति दिएका हुन्।
गोरखाको निर्वाचनबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको तयारी छलफलपश्चात् उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पछिल्लो ३ दशकदेखि नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारक बनेका एक पात्रलाई गोरखाले यस पटक राजनीतिबाटै बिदा गर्दैछ। साथ दिनुहोला है।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।