काठमाडौं– रुपेन्दही–२ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका राजु गुरुङले आफ्नो उम्मेदवारी खारेज भएपछि सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
उनीविरुद्ध बैकिङ कसूर मुद्दामा दोषी ठहर भएको भन्दै उजुरी दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो।
उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल चुनावी मैदानमा रहेका छन्।
अदालतले मुद्दा विचाराधीन भन्दाभन्दै आयोगले अयोग्य भन्नु त्रुटिपूर्ण रहेको भन्दै उनले रिट दायर गरेका हुन्। रिटको पेसी शुक्रबारलाई तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।