काठमाडौं- नेपाली कांग्रेसले आफ्नो पार्टी तथा गठबन्धनको साझा उम्मेदवार विरुद्ध दिएको बागी उम्मेदवारीहरु आउँदो ३१ गते सम्म निस्क्रिय बनाए कारबाही फुकुवा गर्ने जनाएको छ।
कांग्रेसले बुधवार मात्रै फिर्ता नलिएका बागी उम्मेदवारहरु र तथा उनका प्रस्तावक र सर्मथकलाई ५ वर्षका लागि पार्टीबाट साधारण सदस्यता समेत नरहनेगरी कारबाही गरिएको थियो ।
बिहिवार कांग्रेसले पुन: वक्तव्य निकालेर ३१ गते सम्म बागी उम्मेदवारहरु आ आफनो उम्मेदवारीहरु निस्क्रिय पारेर औपचारिक उम्मेदवारलाई सघाएमा पार्टीले गरेको कारबाही फुकुवा गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।