काठमाडौं- नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ।
सत्ता गठबन्धनले रौतहट-३ साहलाई समर्थन गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।
उक्त क्षेत्रमा माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार छन्। पटेलको उम्मेदवारी निष्क्रिय गर्ने तयारी भइरहेको पुनले बताए। पटेलसँग यस विषयमा कुरा भइसकेको बुझिएको छ।
मनोनयनको दिनसम्म एमालेमै रहेका साहले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनी पक्षीय अन्य केही नेताले समेत एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।