काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रोपटक म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालत लगिँदैछ।
नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेर असोज २० गते पक्राउ परेका लामिछानेलाई गत सोमबार पहिलेपटक म्याद थपिएको थियो।
जिल्ला अदालत काठमाडौंले असोज २० गतेदेखि नै लागू हुने गरी पहिलोपटक सात दिनको म्याद थप गरेको थियो। उनलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो। २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।