• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
निर्वाचनको अर्थराजनीति

अर्बौं खर्च हुन्छ तर किन आउँदैन वैधानिक च्यानलमा? यस्ता छन् ५ कारण

64x64
सुमित्रा कार्की बिहीबार, असोज २७, २०७९  ०८:४३
1140x725

काठमाडौं– २०७४ सालको निर्वाचनमा भएको खर्चलाई लिएर वैशाख ३० को स्थानीय तह निर्वाचनकै मुखमा नेपाली काग्रेसका नेता शशांक कोइरालाले एउटा अभिव्यक्ति दिए। ‘निर्वाचन आयोगमा बुझाएको खर्च विवरणभन्दा धेरै गुणा आफूले सांसद बन्न खर्च गर्नुपर्यो।’

लाखमा खर्च विवरण बुझाएका उनले सांसद बन्नका लागि करोडमा खर्च गरेको सार्वजनिक अभिव्यक्ति दिए। यस्तै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले खर्चको सिलिङ तोकेको छ। एक वर्षभित्रै दुईवटा निर्वाचन हुने भए पनि देशमा आर्थिक तरलता अभावको संकट कायमै छ।

तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाहरुले ऋण प्रवाह गर्न सकेका छैनन्। यता बैंक तथा वित्तीय संस्था आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा निर्वाचनका लागि बजारमा अर्बौं रकम गइरहेको देखिन्छ। यसरी निर्वाचनका नाममा अवैध बाटोबाट जाने रकमले अर्थविद्हरु चिन्तित छन्। यस्तो रकम वैधानिक बाटोबाट किन जाँदैन भन्ने प्रश्न गर्छन् अर्थविद्हरू। 

वैधानिक रुपमा मात्रै उम्मेदवारको खर्च १० अर्ब
उम्मेदवारले वैधानिक रुपमा खर्च गर्न पाउने भनि निर्वाचन आयोगले तोकेको सिलिङलाई मात्र आधार मान्ने हो भने प्रतिनिधि सभा र समानुपातिकतर्फ मात्र औषत हेर्दा ८ अर्ब २८ करोड बराबर खर्च हुने देखिन्छ। त्यस्तै प्रदेश सभाको पनि खर्च जोड्ने हो भने १० अर्ब बराबर रकम खर्च हुने देखिन्छ।  

आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आयोगले निर्वाचन क्षेत्र अनुसार फरक–फरक खर्चको सीमा तोकेको छ। प्रतिनिधि सभा सदस्यतर्फ ५ वटा निर्वाचन क्षेत्रमा २५ लाख रुपैयाँ, १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख रुपैयाँ, ६५ वटा निर्वाचन क्षेत्रमा २९ लाख रुपैयाँ, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख रुपैयाँ र २६ वटा निर्वाचन क्षेत्रमा ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेगरी सीमा तोकिएको छ। 

आयोगले तोकेको उक्त खर्च सीमाअनुसार प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रका कूल १६५ उम्मेदवारले करिब ४९ करोड ३९ लाख सम्म वैधानिक रुपमा खर्च गर्न पाउनेछन्। यस्तै आयोगको उक्त खर्च सीमालाई १६५ निर्वाचन क्षेत्र अनुसार औषतमा निकालेर प्रतिनिधि सभातर्फका कूल २ हजार ५२६ उम्मेदवारसँग गुणा गर्ने हो भने करिब ७ अर्ब ५६ करोड ११ लाख ६० हजारसम्म खर्च हुन आउँछ। 

त्यस्तै, निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक तर्फका प्रत्येक उम्मेदवारलाई २ लाखसम्म खर्च गर्न पाउने सीमा तोकेको छ। जम्मा २ हजार ३३२ उम्मेदवारले करिब ४६ करोड ६४ लाख खर्च गर्न पाउनेछन्। 

यो रकम सरकारले बैंक तथा वित्तीय संस्थामार्फत् खर्च गराउने हो भने अहिले जारी रहेको तरलतालाई ठूलै राहत हुनेछ। तर, उक्त कार्य नेपालका राजनीतिक दलबाट हुन सम्भव नरहेको अर्थविदहरुको टिप्पणी छ। अर्थ मन्त्रालयका एक पूर्व सचिवले दलहरुले गर्ने खर्च वैधानिक स्रोतमा लैजाने वा पारदर्शी गराउने कुरा ‘मिठो नारा’ मात्र हुने टिप्पणी गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

‘गत वैशाख ३० मा पनि स्थानीय तहको निर्वाचन भएको थियो। निर्वाचनमा पैसा बजारमा आयो र यसले बजारमा देखिएको तरलता समस्याको समाधान केही हदसम्म निवारण हुने आशा गरिएको थियो,’ अर्थमन्त्रालयका एक पूर्व सचिवले भने, ‘तर उक्त निर्वाचनमा भएको खर्च वैधानिक च्यानलमा आउन सकेन। जसका कारण बजारको तरलता अभाव कायमै छ।’

दलहरुको खर्च संकलनको स्रोत नै पारदर्शी नभएका कारण उनीहरुले यसलाई वैधानिक च्यानलमा ल्याउन नसक्ने उनको दाबी छ। 

‘यो खर्च निर्वाचन आयोगले तोकेको सीमा भित्र रहँदाको हो। तर, चुनावमा यसको दोब्बर नै खर्च हुन्छ। यो सबै पैसा फर्मल च्यानलबाट आउने हो भने हाम्रो अहिले बैकिङ च्यानलमा देखिएको लगानी योग्य रकम अभावको समस्या धेरै कम हुन्थ्यो’, उनले थपे। 

निर्वाचनमा हुने खर्चलाई पारदर्शी र वैधानिक बनाउन पहिले राजनीतिक दल र त्यसपछि सरकार तयार भए मात्र निर्वाचन आयोगले तोकेको सीमा कार्यान्वयन हुने नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले बताए। सबैको इच्छाशक्ति भए मात्र यस्तो रकम वैधानिक च्यानलमा ल्याउन सकिने उनको भनाइ छ। 

किन हुँदैन वैधानिक च्यानलबाट चुनावको खर्च?
वैधानिक च्यानलबाट पैसा खर्च गर्न नस्कनुको कारण बजारमा खर्च भएको पैसाको हिसाब देखाउन नसक्नु प्रमुख कारण हो। दलहरुले चन्दा वा आफूले संकलन गरेको पैसाको स्रोत पनि खोल्न नसक्ने अनि खर्च पनि देखाउन नसक्ने भएकाले यो समस्या भएको अर्थविदहरुको टिप्पणी छ।  

त्यस्तै दलहरुले यसरी उठाएको पैसा त्यस्तो ठाउँमा र वस्तुमा खर्च गर्छन् जसको रेकर्ड पनि उनीहरुले राख्न नसक्ने पूर्वगर्भनर क्षेत्रीको बझाइ छ। 

‘दलहरुले गर्ने खर्च कहाँ र कस्ता ठाउँमा खर्च हुन्छ घामजत्तिकै प्रष्ट छ,’ पूर्वगर्भनर क्षेत्रीले भने, ‘केही पैसा वितरण गर्छन् भने कतै कार्यकर्तालाई एकमुष्ठ वितरण गर्छन्। यो पैसा बैंकिङ च्यानलमा आउँदैन। यस्तो पैसा फर्मल च्यानलमा आउने आशा पनि गर्न सकिँदैन।’ 

चुनाव नजिकिँदै गर्दा आर्थिक क्रियाकलाप पनि बढ्दै गएका छन्। तर, त्यो आर्थिक गतिविधि बैंकिङ च्यानलमार्फत् नभएर व्यक्तिगत रुपमा हुने अभ्यास रहेको उनले बताए। ‘यस्तो बेला बजारमा आर्थिक गतिविधि बढ्ने भए पनि बैंकिङ क्षेत्रमा भएको पैसा भने झन् घट्ने पनि हुन्छ,’ उनले भने, ‘किनभने नेताहरुले बैंकमा जम्मा गरेर राखेको पैसा चुनाव खर्चको लागि निकाल्ने गर्छन्।’ 

फर्मल च्यानलमा पैसा नआउनुका पाँच कारण
यसरी चुनावमा गरिने खर्च फर्मल च्यानलमा नआउनुका मुख्य पाँचवटा कारण अर्थविद्हरूले औंल्याएका छन्। 

१. प्रचार–प्रसारको खर्चः निर्वाचन प्रचार–प्रसारमा प्रयोग गरिने कागजदेखि लिएर मसिसम्म नेपालले बाहिरबाट आयात गुर्नपर्ने अवस्था छ। यसका लागि निर्वाचन आयोगले पनि पैसा बाहिर नै पठाउने र अन्य प्रेसहरुले पनि खरिद गर्दा नेपालको पैसा विदेश नै जाने हुन्छ। यसले गर्दा यो रकम नेपालको बजारमा चल्न पाउँदैन। 

२. खाने र खुवाउने कार्यमा हुने खर्चः नेपालको चुनाव निकै महंगो छ। चुनावका बेला महंगा रक्सीदेखि अन्य खानेकुरा खाने र खुवाउने क्रम बढ्छ। चुनावमा यस्ता वस्तुको बिक्री भए पनि नेपालमा उत्पादन कम हुने भएका कारण बाहिर जान्छ। नेपालमै उत्पादन हुने भएको भए पनि पैसा देखिन्थ्यो। 

३. मासुजन्य परिकारमा हुने खर्चः चुनावको बेला नेताहरुले गाउँ–गाउँमा गएर जनतादेखि लिएर आफ्ना कार्यकर्तालाई मासु खुवाउने खाने क्रियाकलाप चुनावका बेला प्रशस्त हुने गर्दछ। अहिले त झन् रुस–युक्रेन युद्धका कारण पनि नेपालमा आउने कुखुराको दाना महंगिएको छ। मासुको धेरै खपत हुने भएका कारण पशुपंक्षीका लागि ल्याउने दानामा पनि रकम बाहिरिने दर बढ्ने नै हो। यो पैसा पनि बैंकिङ च्यानलमार्फत् आउने सम्भावना हुँदैन। 

४. पेट्रोलियम पदार्थको खर्चः चुनावका बेला नेताहरुले प्रचार प्रसारका लागि आफ्ना कार्यकर्तालाई गाडी, बाइकमा पेट्रोल पनि खर्च गरेका हुन्छन्। पेट्रोलियम पदार्थमा भएको खर्च पनि आयातमा नै जाने हुन्छ। 

५. मतदातालाई वितरण गर्ने पैसा: उम्मेदवारले भोट आफ्नो बनाउनको लागि चुनावको अघिल्लो दिन रातभर लगाएर पनि पैसा वितरण गर्छन्। भोट खरिदका लागि नेताहरुले रकम वितरण गर्दछन्। त्यो रकम कहाँबाट कसरी आयो भन्ने स्रोत हुँदैन। अवैधानिक कार्य भएका कारण पनि त्यस्तो रकम बैंकिङ प्रणालीबाट आउने कुरै भएन। 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ०८:४३
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्