गुल्मी– गुल्मीमा चार जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
गुल्मी–१ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका कमल भुसाल, गुल्मी–१ कै प्रदेश सभा (क) मा उम्मेदवारी दिएका किरण शाह र (ख) मा उम्मेदवारी दिएका रामचन्द्र कँडेलले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस्तै, गुल्मी–२ को प्रदेश सभा (ख) का स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर अर्यालले पनि आफनो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिनिधि सभातर्फ गुल्मी–१ मा १० जना, प्रदेश सभा (क) मा १० र (ख) मा ११ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिए।
गुल्मी–२ मा १३ जना, प्रदेश सभा (क) मा १० जना (ख) मा ८ जना को उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।