काठमाडौं– चितवन–३ मा कांग्रेसबाट प्रतिनिधि सभातर्फ बागी उम्मेदवारी दिएका दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन्।
उनले सत्ता गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार डा खगराज अधिकारीविरुद्ध उम्मेदवारी दिएका थिए।
यता, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई यो क्षेत्रबाट उम्मेदवारी फिर्ता गर्न लगाइएको छ। एमालेले कोइरालालाई सघाउने निर्णय गरेको छ। कोइराला कांग्रेसमा शेखर–गगन निकट मानिन्छन्।
यस्तै, काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी दिएका निर्वतमान सांसद रामविर मानन्धरले घण्टाघर चुनाव चिह्न पाएका छन्। एमालेले टिकट नदिएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।