काठमाडौं- रुपन्देही- १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले त्रिभुज चुनाव चिह्न पाएका छन्। निर्वाचन आयोगले बुधबार चुनाव चिह्न प्रदान गरेको हो।
भुसालले त्रिभुजको राजनीतिक व्याख्या पनि गरिसकेको उनको सचिवालयले जनाएको छ।
त्रिभुजको एउटा भुजाले लोकतन्त्र, दोस्रो भुजाले सामाजिक न्याय र तेस्रो भुजा (आधार भुजा)ले जनमुखी विकासको प्रतिनिधित्व गर्छ भन्ने आफूहरुको व्याख्या रहेको भुसालको सचिवालयका एक सदस्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।