पोखरा– कास्कीमा एमाले उम्मेदवार दामोदर पौडेल बैरागीविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन्।
कास्की–३ को प्रतिनिधि सभामा एमालेले दामोदरलाई उम्मेदवार बनाएको छ। त्यसमा असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएका एमाले प्रदेश कमिटी सदस्य जगन्नाथले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन्।
उम्मेदवारी फिर्ता लिएका नेता बास्तोला एमाले कास्कीले बुधबार आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।